१० भदौ, नेपालगन्ज । जिल्ला प्रहरी कार्यलय बाँकेको अति संवेदनशील मानिने प्रबन्ध शाखा (सुरक्षा भण्डार) मा आगलागी भएको छ ।
विद्युत् सर्ट भएर लागेको आगो तत्कालै नियन्त्रणमा ल्याएकाले ठूलो क्षति भने हुन पाएन । तर सो आगलागीबाट प्राविधिक कलेजका केही उत्तरपुस्तिका र प्रश्नपत्र जलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख( एसपी) वीरबहादुर ओलीले जानकारी दिए ।
सो शाखामा प्रहरीले हातहतियार, विस्फोटक पदार्थ, अश्रुग्याँस, पोसाकलगायत सामग्रीका साथै विभिन्न कलेजका उत्तरपुस्तिका तथा प्रश्नपत्र सुरक्षका लागि राख्दै आएको थियो ।
एसपी ओलीका अनुसार सिटिइभिटिअन्तर्गत डिप्लोमातर्फको फार्मेसी र ल्याब विषयको उत्तरपुस्तिका र टी–एसएलसीतर्फ सिभिल सव–ओभरसियर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्सलगायत पाँचवटा संकायको प्रश्नपत्र जलेको छ । सो काठामा राखिएका ४१ थन उत्तरपुस्तिका र प्रश्नपत्र जलेको उनले बताए । मंगलबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ भदौ १० मंगलवार ०८:२७ मा प्रकाशित






























