back
CTIZAN AD

एक वर्षपछि पुग्यो चामल

वि.सं.२०७६ भदौ १० मंगलवार

897 

shares

१० भदौ, हुम्ला । नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडौँ केरुङ, हिल्ला हुँदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५\७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ ।

काठमाडौँ, केरुङ हुँदै हिल्सादेखि सिमकोट पुग्न गाडीमा छ दिन लाग्ने भएता पनि सिमकोट डिपोका लागि चार हजार र याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने एक हजार ५०० क्विन्टल गरी पाँच हजार ५०० क्विन्टल चामल बल्लतल्ल केरुङ नाकामा पुगेको छ । हवाइमार्गभन्दा स्थलमार्गबाट भाडादर कम पर्ने भए पनि समयमा आउनुपर्ने चामल एक वर्षसम्म नपुग्दा उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीलाई समस्या भएको हो ।

स्थलमार्गको काठमाडौँबाट केरुङ, हिल्सा हुँदै सिमकोट पुग्न प्रतिकेजी रु ४२ भाडा लाग्ने गरेको नेपाल खाद्य संस्थानका सुब्बा सुरेन्द्र पोखरेलले जानकारी दिए । अहिले नेपागञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले प्रतिकेजी चामलको भाडा ११५ र सुर्खेतबाट हवाइमार्गमा रु १०५ पर्ने गरेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७५\७६ को असार मसान्तसम्म पाँच हजार ५०० मध्ये चार हजार क्विन्टल चामल सिमकोट डिपोमा र एक हजार ५०० क्विन्टल चामल याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने भए पनि नपुगेको पाइएको हो । स्थलमार्गबाट चामल नपुग्दा नेपाल खाद्य संस्थानका प्रमुख रामबहादुर विष्ट आफौ काठमाडौँबाट केरुङ हुँदै सिमकोट डिपोमा चामल पु¥याउनका लागि उक्त नाका हुँदै गाडीमा चामलसँगै आइरहेको बताए ।

काठमाडौँकेरुङ हुँदै हिल्सासम्म पुग्न पाँच दिन लाग्ने गरेको उनले जानकारी दिए । केरुङ नाकादेखि हिल्सा जान सरकारी कामकाज गर्नुपर्ने भएकाले दुई दिन लाग्ने गरेको उनले बताए । हिल्सादेखि याल्वाङ पुग्न एक दिन गरी स्थलमार्गबाट काठमाडौँदेखि सिमकोट पुग्न छ दिन लाग्ने गरेको उनले जानकारी दिए । हवाइमार्गबाट ४५ मिनेटमा सिमकोट पुग्ने चामल काठमाडौँबाट केरुङ हुँदै आउन छ दिन लाग्नुका साथै झन्झट हुने गरेको छ ।

काठमाडौँबाट हुम्ला पुग्न स्थलमार्गबाट छ दिन लागे पनि अहिलेसम्म चामल पु¥याउन सकिएको नेपाल खाद्य संस्थानले स्वीकार गरेको छ । ठेकेदारको ढिलासुस्तीले स्थलमार्गको चामल पुग्न एक वर्ष लागेको हो । नेपालगञ्ज र सुर्खेतबाट गरी हवाइमार्गबाट गत आर्थिक वर्षको असारसम्म सिमकोट खाद्य संस्थान शाखामा १३ हजार १०७ क्विन्टल चामल भित्रिएको संस्थानका सुब्बा पोखरेलले जानकारी दिए।

यस्तै दक्षिण क्षेत्रको स्थलमार्गबाट एक हजार १२६ क्विन्टल चामल भित्रिएको उनले जानकारीदिए । सिमकोट डिपोमा भित्रिएको चामलमध्ये ११ हजार ९६१ क्विन्टल चामल वितरण गरिएको उहाँले जानकारी दिए । हवाइमार्ग र स्थलमार्गबाट हुम्लामा चामल पु¥याउने जिम्मा चङ्खेली देउती बजै जेभीका धु्रव शाहीले लिएका छन् । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा यस क्षेत्रका स्थानीयवासी दैनिक पिठ्युँमा भारी बोकेर जीविकोपार्जन गर्दै आएका छन् । दाने बोहरा

वि.सं.२०७६ भदौ १० मंगलवार ०८:४० मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...