back
CTIZAN AD

दिनहुँ एक घण्टा डान्स गर्छन् पर्यटन मन्त्री योगेश भट्टराई

वि.सं.२०७६ भदौ १० मंगलवार

810 

shares

आफ्नो स्वास्थ्यका लागि सचेत हुनु सबैका लागि महत्वपूर्ण हुन्छ । अझ मन्त्री नेता, समाजसेवीलाई त झन महत्वपूर्ण हुन्छ उनीहरुको भूमिका देशका लागि महत्वपूर्ण हुन्छ । त्यसो त नेता, मन्त्रीहरुको जीवनशैली अति व्यस्त हुन्छ ।

व्यस्त जीवनशैलीका कारण उनीहरुले आफ्नो स्वास्थ्यको ख्याल राख्ने समय पाउँदैनन् । तर, ती नेताहरुमा फरक छन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई । उनी आफ्नो स्वास्थ्यका लागि दिनहुँ बिहान १ घण्टा डान्स थेरापी गर्ने गर्छन् । त्यसो त उनी बिहानमा मर्निङवाक पनि जान्छन् । तर, मर्निङ वाक जाने क्रममा सर्वसाधारणको कुरा सुनिदिनुपर्ने, नेताहरुलाई गाली गरेको सुन्नुपर्ने चिनेका या नचिनेका मानिहरुसँग भेट हुँने, उनीहरुका कुरा सुनिदिनुपर्ने कारणले शारीरिक अभ्यासका लागि गएको मानिस दिमागभरी बोझ लिएर फर्कनु परेको उनको अनुभव छ ।

मन्त्री भट्टराईलाई डान्सका लागि प्रेरित भने अनामनगरको चोकमा टासिएको एउटा सूचनाले प्रेरित गरेको थियो । त्यहाँ लेखिएको थियो, ‘जो धेरै नाच्छ, उ धेरै बाँच्छ’ यसलै उनलाई तान्यो उनी त्यो ठाउँ खोज्दै गए । त्यहाँ डान्स थेरापी गराइदो रहेछ । त्यहाँका एक गुरुले शरीरका अंगलाई कसरी चलायमान बनाउने, कम्मर कसरी मर्काउनेलगायतका धेरै प्रकारका क्रिया सिकाएको पनि उनले नयाँपत्रिका दैनिकसँग बताएका छन् ।

मासिक जम्मा १५ सय रुपैयाँ शुल्क तिरेर उनले बिहान ५ बजे नै उठेर डान्स गर्न गएको सुनाउँछन् ।

मन्त्री भएपछि भने अति व्यस्त जीवनशैली रहेकाले यसलाई निरन्तरता दिन नभ्याएको उनी बताउँछन् । ‘काठमाण्ठौंमा हुँदा नियमित गर्ने कोशिष गर्छु, काठमाण्डौ. बाहिर रहँदा ‘मर्निङवाक’ मा निस्कने गर्छु । मन्त्री भएपछि भने कामको व्यस्तताले शारिरीक अभ्यास छुट्दो रहेछ ।

राति १० बजेसम्म भेटघाट, बिहान पनि चाँडै काममा जुट्नुपर्ने ।’ उनी भन्छन् ।

डान्स थेरापी विभिन्न प्रकारका रहेपनि उनले चाँहि नेपाली गीत संगीतमै नृत्य गर्न रुचाउछन् । उनी भन्छन् ‘डान्स थेरापीले शरीरका अंग प्रत्यंगको अभ्यास गराउँछु ।’

वि.सं.२०७६ भदौ १० मंगलवार ०८:५६ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...