आफूले पनि
समय समयमा
परिवारले पनि
समय समयमा
छोरा छोरीले पनि
आफ्नो देशको इतिहास
आफ्नो पुर्खाको इतिहास
आन्देलन र क्रान्तिको इतिहास
राष्ट्र निर्माणको इतिहास
सुनाउनै पर्छ
ताकि
देश कसरी बन्यो
समाज र राज्य
कसरी बन्यो
घर परिवार कसरी बन्यो
थाहा हुन्छ
पुर्खाको इतिहास सुनाउदा
उ पनि त्यागी बन्न जान्छ
उ पनि सहयोगी बन्न जान्छ
त्यसैले आज सबैले
पुर्खाका इतिहास
सुन्ने र सुनाउने गरौ
ताकि देशको माया
गाँढा बनि रहोस्
ताकि पारिवारिक माया
सहयोग चलि रहोस्
समाज र राज्यप्रति
नागरिक जिम्मेवार
बनि रहोस्
सन्तानहरूलाइ
सहयोगी र मायालु
बनाउन पनि
सन्तानहरूलाइ
स्वाभिमानी, मेहनती
राष्ट्रप्रेमी बनाउन पनि
पुर्खाका देन सुनाउनै पर्छ
ताकि आजको देश
समाज, राज्य र परिवार
पुर्खा या बाबु आमाको
आफु या कोही कसैको
त्याग र योगदान नै हो
भन्ने बुझी रहोस्
म जन्मेको
म बनेको
कारण र आधार के हो
मनमा राखि रहोस्
र
आफू, आफ्नो सन्तान
जन्मस्थान
समाज र राष्ट्रको माया गर्ने
त्यागी बनाउने
भाव र व्यवहार
आफ्नो सन्तानहरूमा
जगाई रहोस्
यो निरन्तर बनि रहोस्
यो निरन्तर चलिरहोस्
आज देशलाई
यही खाँचों छ
आज समाजलाई
यही खाँचों छ
आज राज्यलाई
यही खाँचों छ
आज संसारलाई
यही खाँचों छ
वि.सं.२०७६ भदौ १४ शनिवार ०८:४५ मा प्रकाशित





























