back
CTIZAN AD

लन्डन मेलाको आकर्षक बन्यो नौमती बाजा, नेपाल भ्रमण वर्ष २०२० को तिब्रता

वि.सं.२०७६ भदौ १८ बुधवार

729 

shares

१८ भदौ, बेलायत । लन्डनमा आयोजित लन्डन मेलाको आकर्षक बन्न सफल भएको छ नौमती बाजा गुल्मी युके ।

प्रथम नौमती बाजा गुल्मी युके र नेपाल एम्बेसी युकेको संयोजन तथा पहलमा ३१ अगस्तमा सम्पन्न उक्त मेलामा सयपत्री कल्चर ग्रुपका साथै अन्य हजारौं समुहहरुलाई नेपाली कल्चर तथा पर्यटन प्रवद्र्धन गर्नुका साथै विशेष गरेर बेलायतका एसियन र अन्य स्थानीय समुदायसँग सहकार्य र तथा सुमधुर सम्बन्ध राख्ने उद्धेश्यले यसवर्ष पनि धुमधामसँग नेपाली मेला सम्पन्न गरिएको छ ।

मेलामा नेपालीको संयोजक तथा प्रमुख अतिथि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, विशेष अतिथिमा उपनियोग प्रमुख DCM शरद आरन रहेका थिए भने द्धितीय सचिव लभ सुवेदी, तृतीयसचिव तेजेन्द्र रिजाल, गुमान सिंह थापा, हरि अछामीका साथै एम्बेशीका अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

मेलामा नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसारका साथै टुरिजम एडभेन्चर, लगायतका बारेमा जानकारी दिन भ्याइ नभ्याइ थियो ।

विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि विभिन्न समुदायका हजारौं दर्शकहरुले नेपाली मेलाको अवलोकन गरेका थिए । हरेक दुई÷दुई वर्षमा हुने उक्त नेपाली मेलाको झण्डै ९० हजार बढीले अवलोकन गरेको आयोजकहरुले बताएका छन् ।

त्यसैगरी बेलायतका नेपालीको मात्र नभएर युरोपका विभिन्न देशमा पनि लोकप्रिय बन्दै गइरहेको नौमती बाजा समुह गुल्मी युकेले विगित १० वर्षदेखि नेपाली एम्बेशीसँग सहकार्य गर्दै आइरहेको छ । हरेक वर्ष जस्तै यसवर्ष पनि नौमती बाजा मेलाको मुख्य आकर्षण भएकोले अर्को वर्षको लागि पनि नौमती बाजा पहिले बुकिङ गर्ने चलन रहेको छ ।

नौमती समुह नेपालीको कला र संस्कृतिलाई प्रवद्र्धन गर्नका लागि युरोपका विभिन्न देशमा समेत पुग्ने गरेको छ ।

नौमती बाजाको प्रस्तुतिसहित गत जुलाई १२–१४ मा नेदरल्याण्डमा भव्य कार्यक्रम सफल भएको थियो । साथै बेलायतका विभिन्न ठाउँमा स्थानीयवासी नेपाली कम्युनिटीहरुसँग सहकार्य गरेर नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्नका लागि टर्नबिज, लन्डन, अल्डरशट, रिडिङ लगायतका ठाउँ ठाउँमा भाग लिन पुगेको पाइन्छ ।

त्यसैगरी सो समूह नेपालीहरुको शुभ विवाहलगायतका कार्यक्रममा सहभागी हुने र त्यसबाट आएको केही रकम समाजसेवामा लगाउने तथा नेपालका असहाय, अपांगहरुको निम्ति संकलन गर्ने गरेको नौमती बाजाका प्रमुख संयोजक ओम थापा काउचा बताउँछन् ।

उक्त मेलामा गुल्मी जिल्ला समाज युकेका अध्यक्ष टोप पल्ली, ग्रेटर रशमोर नेपाली कम्युनिटीका सल्लाहकार तथा पूर्वअध्यक्ष ओम थापा काउचा, मगर संघ युकेका पूर्वसचिव विर घर्तिमगरलगायतको पनि उपस्थिति रहेको थियो ।

त्यसैगरी नौमती समुहका कलाकारहरु पूर्ण बलाल, कुमार राना, बिर थापा, लाल काउचा, होम लाल राना, याम थापा, प्रकाश गलामी, थाम रोका, पार्वती थापा, जमुना राना, शेष पल्ली, दालसरी थापा, नन्दा गुरुङ, राजकुमारी गुरुङ तथा कोशेली ग्रुपबाट पनि तीनवटा रोचक नाँच ( घामिल नाँच, सराय नाँच र साना नाननीहरुको टिपीकल नाँच) प्रस्तुति रहेको थियो ।

यो वर्ष मेलाको शुभसाइत र उद्घाटन नौमती बाजाबाट मुख्य स्टेजमा नेपाली कलाकारले कला प्रस्तुत गरेर गरिएको थियो ।

यसपटक नेपाल विशेष ‘नेपाल भ्रमण वर्ष २०२०’ का कारण पनि नेपाली मेला विशेष भएको थियो ।

वि.सं.२०७६ भदौ १८ बुधवार १८:५६ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...