back

लन्डन मेलाको आकर्षक बन्यो नौमती बाजा, नेपाल भ्रमण वर्ष २०२० को तिब्रता

वि.सं.२०७६ भदौ १८ बुधवार

513 

shares
IME Limited
NTC AD

१८ भदौ, बेलायत । लन्डनमा आयोजित लन्डन मेलाको आकर्षक बन्न सफल भएको छ नौमती बाजा गुल्मी युके ।

प्रथम नौमती बाजा गुल्मी युके र नेपाल एम्बेसी युकेको संयोजन तथा पहलमा ३१ अगस्तमा सम्पन्न उक्त मेलामा सयपत्री कल्चर ग्रुपका साथै अन्य हजारौं समुहहरुलाई नेपाली कल्चर तथा पर्यटन प्रवद्र्धन गर्नुका साथै विशेष गरेर बेलायतका एसियन र अन्य स्थानीय समुदायसँग सहकार्य र तथा सुमधुर सम्बन्ध राख्ने उद्धेश्यले यसवर्ष पनि धुमधामसँग नेपाली मेला सम्पन्न गरिएको छ ।

मेलामा नेपालीको संयोजक तथा प्रमुख अतिथि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, विशेष अतिथिमा उपनियोग प्रमुख DCM शरद आरन रहेका थिए भने द्धितीय सचिव लभ सुवेदी, तृतीयसचिव तेजेन्द्र रिजाल, गुमान सिंह थापा, हरि अछामीका साथै एम्बेशीका अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

मेलामा नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसारका साथै टुरिजम एडभेन्चर, लगायतका बारेमा जानकारी दिन भ्याइ नभ्याइ थियो ।

विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि विभिन्न समुदायका हजारौं दर्शकहरुले नेपाली मेलाको अवलोकन गरेका थिए । हरेक दुई÷दुई वर्षमा हुने उक्त नेपाली मेलाको झण्डै ९० हजार बढीले अवलोकन गरेको आयोजकहरुले बताएका छन् ।

त्यसैगरी बेलायतका नेपालीको मात्र नभएर युरोपका विभिन्न देशमा पनि लोकप्रिय बन्दै गइरहेको नौमती बाजा समुह गुल्मी युकेले विगित १० वर्षदेखि नेपाली एम्बेशीसँग सहकार्य गर्दै आइरहेको छ । हरेक वर्ष जस्तै यसवर्ष पनि नौमती बाजा मेलाको मुख्य आकर्षण भएकोले अर्को वर्षको लागि पनि नौमती बाजा पहिले बुकिङ गर्ने चलन रहेको छ ।

नौमती समुह नेपालीको कला र संस्कृतिलाई प्रवद्र्धन गर्नका लागि युरोपका विभिन्न देशमा समेत पुग्ने गरेको छ ।

नौमती बाजाको प्रस्तुतिसहित गत जुलाई १२–१४ मा नेदरल्याण्डमा भव्य कार्यक्रम सफल भएको थियो । साथै बेलायतका विभिन्न ठाउँमा स्थानीयवासी नेपाली कम्युनिटीहरुसँग सहकार्य गरेर नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्नका लागि टर्नबिज, लन्डन, अल्डरशट, रिडिङ लगायतका ठाउँ ठाउँमा भाग लिन पुगेको पाइन्छ ।

त्यसैगरी सो समूह नेपालीहरुको शुभ विवाहलगायतका कार्यक्रममा सहभागी हुने र त्यसबाट आएको केही रकम समाजसेवामा लगाउने तथा नेपालका असहाय, अपांगहरुको निम्ति संकलन गर्ने गरेको नौमती बाजाका प्रमुख संयोजक ओम थापा काउचा बताउँछन् ।

उक्त मेलामा गुल्मी जिल्ला समाज युकेका अध्यक्ष टोप पल्ली, ग्रेटर रशमोर नेपाली कम्युनिटीका सल्लाहकार तथा पूर्वअध्यक्ष ओम थापा काउचा, मगर संघ युकेका पूर्वसचिव विर घर्तिमगरलगायतको पनि उपस्थिति रहेको थियो ।

त्यसैगरी नौमती समुहका कलाकारहरु पूर्ण बलाल, कुमार राना, बिर थापा, लाल काउचा, होम लाल राना, याम थापा, प्रकाश गलामी, थाम रोका, पार्वती थापा, जमुना राना, शेष पल्ली, दालसरी थापा, नन्दा गुरुङ, राजकुमारी गुरुङ तथा कोशेली ग्रुपबाट पनि तीनवटा रोचक नाँच ( घामिल नाँच, सराय नाँच र साना नाननीहरुको टिपीकल नाँच) प्रस्तुति रहेको थियो ।

यो वर्ष मेलाको शुभसाइत र उद्घाटन नौमती बाजाबाट मुख्य स्टेजमा नेपाली कलाकारले कला प्रस्तुत गरेर गरिएको थियो ।

यसपटक नेपाल विशेष ‘नेपाल भ्रमण वर्ष २०२०’ का कारण पनि नेपाली मेला विशेष भएको थियो ।

वि.सं.२०७६ भदौ १८ बुधवार १८:५६ मा प्रकाशित

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खाका...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा...

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला...