१८ भदौ, कतार । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपाली संघ संस्थाको पूर्ण विवरण माग गरेको छ ।
दूतावासले बुधबार एक सूचना जारी गर्दै दूतावासमा भएको अभिलेख अद्यावधिक गर्नका लागि विभिन्न संघ संस्थाका पदाधिकारी तथा सम्पर्क विवरण (फोन र इमेल) यथाशिघ्र nembdoha@gmail.com इमेलमा उपलब्ध गराउन आग्रह गरेको छ ।
वि.सं.२०७६ भदौ १८ बुधवार १९:०५ मा प्रकाशित



























