back
CTIZAN AD

सामााजिक सञ्जालको करामत,यसरी रातारात स्टार बनिन् रानु

वि.सं.२०७६ भदौ १९ बिहीवार

921 

shares

१९ भदौ, भारत । यतिबेला भारतीय मिडियामा सर्वत्र चर्चाकोे पात्र बनिरहेकी छन् रानुु मण्डेल । जो हिजोअस्ति सम्म रेलवे स्टेसनमा गीत गाएर आफ्नो गुजारा गर्थिन् ।

रलवे स्टेसनमा गीत गाएर गुजारा चलाउने रानु यतिबेला स्टार बनेकी हुन त् केवल उनीभित्र रहेको सुरिलो स्वरका कारण । हुन त रानु दिनहुँ रेलवे स्टेशनमा बसेर त्यहि शैलीमा अनि तिनै गीत सुरिलो स्वरमा गाएर आउने जाने बटुवा ÷यात्रीलाई सुनाउँथिन् । कतिले उनको गीतलाई मनमा राख्थे त कतिले माग्ने भनेर केही पैसा पनि दिन्थे । हुन पनि उनको स्वरुप त्यस्तै थियो । श्रीमानको मृत्युपछि आफ्नो गलाको कला देखाएर रानुले आफ्नो जीवनको गुजारा गर्थिन् । तर, कोही नहुनेको भगवान हुन्छ, एकदिन भाग्य फिर्छ यातफेरि एकदिन भगवानले साथ दिन्छन् भनेझै । रानुका लागि भगवान बनेर आए एक आइटी इन्जिनियर ।

त्यहि स्टेशनको बाटो हिन्दै थिए एक आइटी इन्जिनियर । उनलै रानुको सुरीलो स्वरहितको भिडियो क्यामेरामा कैद गरे । सोहि भिडियो उनले आफ्नो सामाजिक संजालमा पोस्ट गरे । त्यसपछि त त्यहि पोस्ट रानुको लागि नयाँ जीवन लिएर आयो ।

उनको गीत सुनेर चर्चित भारतीय गायक हिमेश रेशमियाले रानुलाई रातारात स्टार बनाइदिए । उनको आउँदै गरेको नयाँ फिल्ममा रानुले आफ्नो सुरिलो स्वर भरिन् । रानुलाई स्टार बनाउन बलिउड स्टार सल्मान खानको पनि हात छ ।

चर्चित गायक हिमेश रेशमियाले रानु मंडेलको सुरिलो स्वरबाट अहिलेसम्म दुईवटा गीतहरु रेर्कड गरिसकेका छन् । यस पछि हिमेश रेशमिय ले उनको अर्को नयाँ गीतकको भिडियो मिडियामा सार्वजनिक गरेका छन् जसमा हिमेशकै सुपरहिट गीतको रिमिक्स भर्जनमा आवाज दिइरहेको देखाइएको छ ।

जुन भिडियो हिमेश रेशमियाले आफनो इ्स्टाग्रामाद्धारा सार्वजनिक गरेका छन् । रानुकोे आवाज सुन्नेहरु भन्छन् उनको यो गीतपनि उतिकै हिट हुनेछ ।

भिडियो शेयर गदै हिमेशले लेखेका छन ‘इस गानेका प्रोडक्शन अभी चल रहा है, यह सिर्फ अभी स्क्रैच है । दुनियाभर में मौजूद लोगोंका रानू जी के चेहरे पर यह मुस्कुराहट लाने के लिए शुक्रिया । उनकी प्रतिभा और आत्मविश्वास हर गाने के साथ बढ़ता जा रहा है । इसका सबूत संग आशिकी में तेरीके रिक्रिएशन में देखा जा सकता है ।’

अहिले रानुलाई हिमेश रेशमियाले मात्र नभएर बलिउडका अन्य स्टारले पनि उनको स्वरको तारिफ गर्नुका साथै उनलाई बस्ने घर समेत बनाइदिएका छन् ।

संगीत क्षेत्रका विज्ञहरु भन्छन्, आजको युगमा सामाजिक संजालको प्रयोग यसरी नै गर्नु राम्रो हुन्छ जसले कसैको पूरा जीवननै बदलिदिन्छ । सामाजिक संजालकै कारण रानुमा रहेको स्वरले उनलाई स्वरकी रानी बनाएको हो । रातारात स्टार बनेकी छन् रानु । यतिबेला रानुको स्वर नसुन्ने संसारमा कमै मानिस होलान् यतिबेला ।

वि.सं.२०७६ भदौ १९ बिहीवार ०९:२५ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...