back
CTIZAN AD

पूरक बजेटमा एमालेले किन आक्रोशित ?

वि.सं.२०७३ मंसिर १० शुक्रवार

930 

shares

१० मङ्सिर,काठमाडौँ। संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराउने तयारीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले विहिबार प्रमुख प्रतिपक्षी दल एमालेसँग परामर्श गर्नुभएको छ ।

विहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतालाई बोलाएर संशोधन प्रस्तावमा सहमति जुटाउने प्रयासस्वरुप छलफल गर्नुभयो । भेटमा संविधान संशोधन र पूरक बजेटको तयारीका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा मिलेरै अघि बढ्न आग्रह गर्दै पूरक बजेटका विषयमा समेत एमालेको सुझाव माग्नुभएको थियो ।

भेटमा संविधान संशोधन र पूरक बजेटको तयारीका विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा मिलेरै अघि बढ्न आग्रह गर्दै पूरक बजेटका विषयमासमेत सुझाव माग्नुभएको थियो । जवाफमा एमालेले संशोधनको प्रस्ताव असान्दर्भिक भएको बताउँदै अहिले पूरक बजेट ल्याउनुपर्ने आशयप्रति प्रश्न उठाएको थियो ।

प्रधानमन्त्रीसँग संविधान संशोधन र पूरक बजेटका सन्दर्भमा कुराकानी भएको एमाले उपाध्यक्ष भीमबहादुर रावलले राससलाई जानकारी दिनुभयो । “संशोधनको कुरा राष्ट्रको हितमा छैन, यसले अन्योल र अरु द्वन्द्व निम्त्याउन सक्छ, जसका लागि संशोधन गरिँदैछ, उनै विरोधमा रहेकाले कसका लागि संशोधन भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,”,उहाँले भन्नुभयो । एमालेले पूरक बजेट कुन आशयका साथ ल्याउन लागेको हो र अहिले आएर किन समर्थन चाहियो भन्ने प्रश्न पनि प्रधानमन्त्री समक्ष राखेको उपाध्यक्ष रावलले बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री कृष्णबहादुर महरा तथा एमालेका तर्फबाट अध्यक्ष ओली, उपाध्यक्षद्वय वामदेव गौतम र रावल सहभागी हुनुहुन्थ्यो । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०३:१८ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...