back
CTIZAN AD

भियतनाममा एक करोड बीसलाख सिमकार्ड निष्क्रिय पारिने

वि.सं.२०७३ मंसिर १० शुक्रवार

930 

shares

१० मङ्गसिर,हानोई । दर्ता नभएका वा मोबाइल फोनमा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एक करोड बीसलाख सिमकार्डहरु सरकारले निष्क्रिय पार्ने भएको भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । 

भियतनामको सूचना तथा सञ्चार ऐनले ब्यबस्था गरे अनुसार मोबाइलमा कुनै पनि सिमकार्ड प्रयोग गर्नु अघि सही नाम, सही ठेगाना, जन्म मिति इत्यादि उल्लेखगरी आफ्नो असली परिचय खुल्ने कुनै पनि आधिकारिक कागज पत्र वा परिचय पत्र वा नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित सरकारी कार्यालय बिधिवत दर्ता गर्नु पर्छ ।
केही ब्यबसायीले यस्तो नियमलाई वास्ता नगरेर जसलाई पायो उसलाई, नक्कली नाम, ठेगाना र अन्य गलत सूचना भरेर जथाभावी सिमकार्ड बिक्री बितरण गरिरहेको बताइएको छ ।
यसले समाजमा विकृति र अपराधकर्म निम्त्याउन सक्ने गुनासो आएकाले यस्तो क्रियाकलापलाई निरुत्साहित पार्न र दर्ता रेकर्डलाई कानूनको दायरामा ल्याउन सूचना तथा सञ्चार मन्त्रालयले कडाई गर्न लागेको हो ।
सिमकार्ड व्यबसायीहरुले बिशेषगरी विदेशी पर्यटक तथा जो कोही लाई पनि सस्तो मूल्यमा ठूलो परिमाणमा बजारमा छ्याप्छ्याप्ति सिमकार्ड बेचेकाले रेकर्ड राख्न प्राय असम्भव भएको छ ।
यसै कारण, दर्ता नभएका वा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एककरोड बीसलाख सिमकार्डहरु निष्क्रिय पार्नका लागि सरकारले अभियान नै चलाउने भएको हो ।
सही सूचना उपलब्ध गराई सिमकार्ड दर्ता गर्नका लागि १५ दिनको म्याद दिई सूचना निकालिएको र तोकिएको अवधिभित्र दर्ता गर्न अटेरी गर्ने सिमकार्डवाला फोन नम्बरहरु निष्क्रिय पारी कानूनी कारवाही गरिने समेत स्थानीय तुओइत्रे अनलाइन समाचारपत्रले बिहीबारको प्रकाशनमा उल्लेख गरेको छ । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०३:२० मा प्रकाशित

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...