back
CTIZAN AD

प्रचण्डलाई घनश्यामको प्रश्न, क्रान्ति किन लर्खराइरहेको छ ?

वि.सं.२०७६ भदौ २२ आइतवार

765 

shares

२२ भदौ, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपाका बैचारीक नेता घनश्याम भुसालले क्रान्ति लर्खराइरहेको कारण खोजेका छन् ।

नेकपाका युवा नेता डिपी ढकालद्वारा लिखित पुस्तक ’पुँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’को सार्वजनिकीरण समारोहमा बोल्दै नेता घनश्याम भुसालले क्रान्ति लर्खराइरहेको कारण खोजेका हुन् ।

बढी पैसा र ठूलो पदको दुस्चक्र मेटिएन भने समाजवादमा नगइने उनले आशंका गर्दै उनले प्रचण्डलाई प्रश्न गरे ‘दलाल पुँजीवादले आफूलाई जसरी पुनः उत्पादन गरिरहेका छ, क्रान्तिले किन पुनः उत्पादन गरिरहेको छैन ?, के कारणले क्रान्ति लरखराइरहेको छ ?, के कारणले क्रान्ति प्रष्ट हुन सकेन ?, हामीले के गर्योभने क्रान्ति हुन्छ भन्ने विषयको किताब लेखिन्छ की लेखिँदैन ?, हामी त्यसतर्फ जान्छौं की जाँदैनौं कमरेड प्रचण्ड ? घनश्यामको चोटीलो प्रश्नको गहकिलो जवाफ दिदै प्रचण्डले आफु जिवित छँदै विश्वलाई नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन् ।

अध्यक्ष प्रचण्डले आम नेता कार्यकर्तालाई समेत समाजवादको बाटोका बारेमा बहश बढाउन अपिल गर्दै भने, ‘नेपालमा समाजवादी मोडल कस्तो हुने भन्ने ग्रेट डिबेटमा हामी छौं । अन्य देशले अबलम्बन गरेका मोडल हामी सजिलै भन्न सक्छौं । तर हामीले २१ औं सताब्दीमा कस्तो मोडल प्रस्तुत गर्ने भन्ने कुराको कार्यभारमा हामी छौं ।

हामी दलाल पुंजी र नोकरशाही पुंजीवादका अघि आत्मसर्मपण गर्छौ वा समाजवादी कित्ता बनाउछौं ? लडाई यहीँ छ । ? म चै समाजवादी कित्तामा भएकालै सबैलाई समाजवादी कित्तामा उभिन अपिल गर्न चाहान्छु । नेपालबाट नयाँ समाजवादी मोडल दिन सक्छौं । नेकपाका ९, १० लाख कम्युनिष्ट कार्यकर्ताको बीचमा हुने ग्रेट डिबेटले नयाँ मोडल दिन सक्छ । हामीले हिम्मत हार्नु हुंँदैन । आफु जिवित छँदै विश्वलाई नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन् ।

घनश्याम भुसालको जवाफ दिँदै अध्यक्ष प्रचण्डले भने–‘घनश्याम जी, तपाईले भन्नुभयो, तपाईसँग मैले धेरै मञ्चमा छलफल गरेको छु र भनेको छु, समाजवादको झण्डा झुक्न दिइने छैन् । पुंजीवादका अगाडी घुँडा टेकिने छैन । आउने दशकमा सगरमाथाबाट समाजवादको नयाँ झण्डा फहराउने इच्छा छ । हेर्दै जानुहोस्, मलाई विश्वास छ, नेपालको र नेपाली क्रान्तिको भविष्य उज्वल छ ।’

युवा नेता डिपी ढकालद्धारा लिखित तथा जागरण बुक हाउसद्धारा प्रकाशित सो पुस्तकको सार्वजनिकी समारोहमा नेकपाका नेता तथा मन्त्री बर्षमान पुन, बिश्लेषक हरी रोका, अर्थशास्त्रि प्रा डा कुशुम शाक्य, समाजशास्त्रि डा युवराज लुइटेल लगायतले बिभिन्न कोणबाट टिप्पणी गरेका थिए ।

वि.सं.२०७६ भदौ २२ आइतवार ०९:४९ मा प्रकाशित

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...