back
CTIZAN AD

कन्काई विकास बैंकको नयाँशाखा सञ्चालनमा, अरु तीन शाखा थप्दै

वि.सं.२०७३ मंसिर १० शुक्रवार

957 

shares

knbl-branch-opening_1

झापा । कन्काई विकास बैंकले झापाको राजगढस्थित राजगढ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेलले बैंकको नयाँशाखाको उद्घाटन गरेका हुन् । यो सँगै बैंकको शाखा सञ्जाल १० पुगेको छ ।
झापाको दमकमा मुख्य कार्यालय भएको बैंकले झापा, मोरङ र इलाम गरी तीन जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस क्रममा ग्रामिण क्षेत्रमा वित्तीय पहुँच बिस्तार गर्न बैंकले आफ्नो दशौं शाखा ग्रामिण क्षेत्रमा स्थापना गरेको हो । शाखाको उद्घाटन गर्दै राष्ट्र बैंकका निर्देशक रामु पौडेलले कृषिजन्य उत्पादनको व्यापारमा राजगढबासीलाई बैंकले सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरे । उनले राजगढ र आसपासकाग्रामिण क्षेत्रमा कृषिजन्यउपजको व्यवशाय प्रवद्र्धन गर्दै वित्तीय सेवाको पहुँच बढाउनेमा आफु ढुक्क रहेको बताए ।
उद्घाटन समारोहमा बोल्दै बैंकको संस्थापक अध्यक्ष गुणराज अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले पुर्वी नेपालमा कन्काई विकास बैंकलाई स्तरीय बैंकका रुपमा स्थापित गर्दै लैजाने बताएका थिए । राष्ट्र बैंकले तोकेको पूँजी ५० करोड बनाउने क्रममा रहेको बैंकलाई यस अभियानमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै बैंकका सञ्चालक तथा व्यवस्थापकले सबै पक्षको सुझावको अपेक्षा गरेका छन् । कार्यक्रममा श्रम तथा यातायात सहायकमन्त्री टेनारायण राजबंशीले बैंकलाई प्रतिष्ठित संस्थाको रुपमा स्थापित हुँदै उच्च गुणस्तरको सेवाप्रदानगर्न सुभकामना व्यक्त गरेका थिए ।
बैंकले झापाको दमक, काकडभिट्टा, विर्तामोड, गौरादह र झिलझिल तथा मोरङको पथरी र खोर्साने तथाइलामको मंगलबारे र राँके गरी ९ शाखाबाट वित्तीय सेवाप्रदानगर्दै आएको थियो । मोरङको विराटनगर र इलामको बिब्ल्याँटे वजार तथा तिनघरे बजारमा शाखा खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको बैंकले निकट भविष्यमा नै ती शाखा सञ्चालनमा ल्याउँदैछ ।
नेपाल राष्ट्र बैंकबाट २०६४ बैशाख ५ गते इजाजतपाएको बैंकले २०६४ बैशाख २० देखि ‘ख’वर्गको वित्तीय संस्थाका रुपमा सेवा सुरु गरेको थियो । चुक्तापूँजी १२ करोड ५० लाख रुपैंया रहेको बैंकले २ सय १४ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको छ । त्यसै गरी गतवर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशतबोनस बितरणको प्रस्ताव गरेको बैंकको हकप्रद निष्काशन तथा बोनस वितरण पश्चात चुक्तापूँजी ४७ करोड रुपैंया पुग्नेछ ।
तीनजिल्लामा गरी २२ हजार सेवाग्राहीलाई वित्तीय सेवाप्रदानगर्दै आएको बैंकले एक अर्ब २७ करोड रुपैंया निक्षेप संकलन गरी १ अर्ब ११ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । कृषि, व्यशाय, व्यक्तिगत । सामाजिक, अटो, बिनाधितो सामुहिककर्जा लगायतमा आक्रामक उपस्थिती जनाउँदै आएको बैंकले वेष्टर्न युनियन, हिमाल रेमिट, आईएमई रेमिट, नबिल रेमिट, सिटि एक्सप्रेस, प्रभु मनि ट्रान्सफर एक्सप्रेस मनीलगायत सञ्जालको रेमिट्यान्स सेवा पनि दिंदै आएको छ ।

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०७:५१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिईओ र डेपुटी...

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका...

एससिटीले प्राप्त गर्यो आईएसओकाे अन्तर्राष्ट्रिय प्रमाणपत्र

एससिटीले प्राप्त गर्यो आईएसओकाे अन्तर्राष्ट्रिय प्रमाणपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक (Payment...