
झापा । कन्काई विकास बैंकले झापाको राजगढस्थित राजगढ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेलले बैंकको नयाँशाखाको उद्घाटन गरेका हुन् । यो सँगै बैंकको शाखा सञ्जाल १० पुगेको छ ।
झापाको दमकमा मुख्य कार्यालय भएको बैंकले झापा, मोरङ र इलाम गरी तीन जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस क्रममा ग्रामिण क्षेत्रमा वित्तीय पहुँच बिस्तार गर्न बैंकले आफ्नो दशौं शाखा ग्रामिण क्षेत्रमा स्थापना गरेको हो । शाखाको उद्घाटन गर्दै राष्ट्र बैंकका निर्देशक रामु पौडेलले कृषिजन्य उत्पादनको व्यापारमा राजगढबासीलाई बैंकले सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरे । उनले राजगढ र आसपासकाग्रामिण क्षेत्रमा कृषिजन्यउपजको व्यवशाय प्रवद्र्धन गर्दै वित्तीय सेवाको पहुँच बढाउनेमा आफु ढुक्क रहेको बताए ।
उद्घाटन समारोहमा बोल्दै बैंकको संस्थापक अध्यक्ष गुणराज अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले पुर्वी नेपालमा कन्काई विकास बैंकलाई स्तरीय बैंकका रुपमा स्थापित गर्दै लैजाने बताएका थिए । राष्ट्र बैंकले तोकेको पूँजी ५० करोड बनाउने क्रममा रहेको बैंकलाई यस अभियानमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै बैंकका सञ्चालक तथा व्यवस्थापकले सबै पक्षको सुझावको अपेक्षा गरेका छन् । कार्यक्रममा श्रम तथा यातायात सहायकमन्त्री टेनारायण राजबंशीले बैंकलाई प्रतिष्ठित संस्थाको रुपमा स्थापित हुँदै उच्च गुणस्तरको सेवाप्रदानगर्न सुभकामना व्यक्त गरेका थिए ।
बैंकले झापाको दमक, काकडभिट्टा, विर्तामोड, गौरादह र झिलझिल तथा मोरङको पथरी र खोर्साने तथाइलामको मंगलबारे र राँके गरी ९ शाखाबाट वित्तीय सेवाप्रदानगर्दै आएको थियो । मोरङको विराटनगर र इलामको बिब्ल्याँटे वजार तथा तिनघरे बजारमा शाखा खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको बैंकले निकट भविष्यमा नै ती शाखा सञ्चालनमा ल्याउँदैछ ।
नेपाल राष्ट्र बैंकबाट २०६४ बैशाख ५ गते इजाजतपाएको बैंकले २०६४ बैशाख २० देखि ‘ख’वर्गको वित्तीय संस्थाका रुपमा सेवा सुरु गरेको थियो । चुक्तापूँजी १२ करोड ५० लाख रुपैंया रहेको बैंकले २ सय १४ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको छ । त्यसै गरी गतवर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशतबोनस बितरणको प्रस्ताव गरेको बैंकको हकप्रद निष्काशन तथा बोनस वितरण पश्चात चुक्तापूँजी ४७ करोड रुपैंया पुग्नेछ ।
तीनजिल्लामा गरी २२ हजार सेवाग्राहीलाई वित्तीय सेवाप्रदानगर्दै आएको बैंकले एक अर्ब २७ करोड रुपैंया निक्षेप संकलन गरी १ अर्ब ११ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । कृषि, व्यशाय, व्यक्तिगत । सामाजिक, अटो, बिनाधितो सामुहिककर्जा लगायतमा आक्रामक उपस्थिती जनाउँदै आएको बैंकले वेष्टर्न युनियन, हिमाल रेमिट, आईएमई रेमिट, नबिल रेमिट, सिटि एक्सप्रेस, प्रभु मनि ट्रान्सफर एक्सप्रेस मनीलगायत सञ्जालको रेमिट्यान्स सेवा पनि दिंदै आएको छ ।
वि.सं.२०७३ मंसिर १० शुक्रवार ०७:५१ मा प्रकाशित