back

संचारकर्मीको संयोजनमा शैक्षिक सामग्री विरतण

वि.सं.२०७३ मंसिर १० शुक्रवार

681 

shares
IME Limited
NTC AD

15095054_1243492495707571_3230567803583740899_n-2

नुवाकोट । शिक्षा नै परिवर्तनको मूख्य आधार हो । यहि भनाईलाई चरितार्थ गर्दै चतुराले ६, बर्बन्दी नुवाकोटमा रहेको श्री ब्रह्मायणी निमाविमा झोलासहित शैक्षिक सामग्री बितरण गरिएको छ । सञ्चारकर्मीद्वय लक्ष्मी रुम्बा र छिरिङ तामाङको संयोजनमा अर्जुनबहादुर तामाङले हेलम्बु एजुकेसन एण्ड लाइभ्लीहुड पार्टनरसिप (ज्भउि) सिन्धुपाल्चोकलाई सहयोगका लागि अनुरोध गरेको थियो ।
जसअनुसार बिद्यालय प्राङ्गणमा बुधबार आयोजित एक समारोहमा बितरण गरेको हो । हेल्पका प्रतिनिधि मोहन तामाङको हातबाट वितरित सो सामग्री प्रति बिद्यार्थी एक हजार पाँच सय मुल्य बराबरको रहेको थियो । प्रधानाध्यापक नवराज पाठकले सञ्चालन गरिएको उक्त कार्यक्रममा तामाङ सञ्चार समुहका केन्द्रीय सदस्य बुद्ध योन्जन, बिद्यालयका पुर्व अध्यक्ष अर्जुनबहादुर तामाङ, वर्तमान अध्यक्ष प्रतिमान तामाङ र प्रमुख अतिथि हेल्पका प्रतिनिधि मोहन तामाङले शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताए ।
शिशु कक्षादेखि आठ कक्षासम्मका एक सय छव्विस बिद्यार्थीलाई सो सामग्री वितरण गरिएको छ । स्मरणीय कुरा सन् २००८ मा स्थापित सो संस्थाले सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ का सामुदायिक बिद्यालयहरुलाई विशेष सहयोग गर्दै आइरहेको छ ।

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०७:५५ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...