back
CTIZAN AD

संचारकर्मीको संयोजनमा शैक्षिक सामग्री विरतण

वि.सं.२०७३ मंसिर १० शुक्रवार

1.1K 

shares

15095054_1243492495707571_3230567803583740899_n-2

नुवाकोट । शिक्षा नै परिवर्तनको मूख्य आधार हो । यहि भनाईलाई चरितार्थ गर्दै चतुराले ६, बर्बन्दी नुवाकोटमा रहेको श्री ब्रह्मायणी निमाविमा झोलासहित शैक्षिक सामग्री बितरण गरिएको छ । सञ्चारकर्मीद्वय लक्ष्मी रुम्बा र छिरिङ तामाङको संयोजनमा अर्जुनबहादुर तामाङले हेलम्बु एजुकेसन एण्ड लाइभ्लीहुड पार्टनरसिप (ज्भउि) सिन्धुपाल्चोकलाई सहयोगका लागि अनुरोध गरेको थियो ।
जसअनुसार बिद्यालय प्राङ्गणमा बुधबार आयोजित एक समारोहमा बितरण गरेको हो । हेल्पका प्रतिनिधि मोहन तामाङको हातबाट वितरित सो सामग्री प्रति बिद्यार्थी एक हजार पाँच सय मुल्य बराबरको रहेको थियो । प्रधानाध्यापक नवराज पाठकले सञ्चालन गरिएको उक्त कार्यक्रममा तामाङ सञ्चार समुहका केन्द्रीय सदस्य बुद्ध योन्जन, बिद्यालयका पुर्व अध्यक्ष अर्जुनबहादुर तामाङ, वर्तमान अध्यक्ष प्रतिमान तामाङ र प्रमुख अतिथि हेल्पका प्रतिनिधि मोहन तामाङले शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताए ।
शिशु कक्षादेखि आठ कक्षासम्मका एक सय छव्विस बिद्यार्थीलाई सो सामग्री वितरण गरिएको छ । स्मरणीय कुरा सन् २००८ मा स्थापित सो संस्थाले सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ का सामुदायिक बिद्यालयहरुलाई विशेष सहयोग गर्दै आइरहेको छ ।

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०७:५५ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...