२३ भाद्र, काठमाडौँ । नेपाल राष्ट बैंकले कुनै पनि डिमार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतका मर्चेन्टहरुबाट मेशिनमार्फत कारोबार गर्दा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले मर्चेन्टहरुबाट Point of sale (POS) मसिनमार्फत कारोबार गर्दा ग्राहकसँग शुल्क लिन नपाइने सूचना जारी गरेको हो ।
सूचनामा यदि कुनै मर्चेन्टले कारोबार रकम बाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको बिल र भुक्तानी रसिद सहित कार्ड जारी गर्ने संस्थामा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

वि.सं.२०७६ भदौ २३ सोमवार १७:५८ मा प्रकाशित





























