२४ भदौ, स्पेन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) स्पेनको अध्यक्षमा दिनेश गुरुङ (देउकाजी) निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न परिषद्को छैटौं अधिबशेनमा गुरुङले अध्यक्षका अर्का उम्मेदवार पेशल कोइरालालाई पराजित गर्दैै ६९६ मतसहित विजयी बनेका हुन् । गुरुङले ६९६ मत ल्याउँदा कोइरालाले ५७२ मत ल्याएका थिए ।
त्यसैगरी आइसिसि सदस्यमा चिन्तामणि सापकोटा र सुनिल रानाभाट विजयी भएका छन् । सापकोटाले ६४५ मत र रानाभाटले ७७१ मत ल्याएर आइसिसि सदस्यमा विजयी बनेका छन् । साथै आइसिसिका अर्का प्रत्याशी प्रकाश तिमिल्सीनाले ४५६ मत ल्याएका थिए ।

त्यसैगरी उपाध्यक्ष खुलामा उत्तर कुमार राई, दिनेश कुमार गिरी तथा क्षेत्रिय उपाध्यक्षमा तुलशी गुरुङ, महासचिवमा उमराज ढकाल (राज), सचिव खुलामा ध्रुव भट्ट, दुर्गा प्रसाद घिमीरे ( लेकाली), क्षत्रिय सचिव पाइस भास्को क्षेत्रबाट महानारायण चौधरी, कोषाध्यक्षमा गोविन्द प्रसाद तिमिल्सीना, सहकोषाध्यक्षमा शान्ता राणा, महिला संयोजकमा मौसमी गुरुङ विजयी भएका छन् ।
त्यसैगरी परिषद्को सदस्यहरुमा आङलाक्पा शेर्पा, तारानाथ अधिकारी, विदुर गौतम, भुपेन्द्र कुमार श्रेष्ठ, शालिकराम डुम्रे, सोम प्रसाद गुरुङ (युनिश) निर्वा्चित भएका छन् ।
वि.सं.२०७६ भदौ २४ मंगलवार १८:५५ मा प्रकाशित



























