४ भदौ, काठमाण्डौं । एनआरएनए पोल्याण्डका पूर्वउपाध्यक्ष तथा पानी अभियन्ता मित्रलाल पार्देले विदेशमा रहेर १० लाख कमाउन नसक्ने मानिसले एनआरएनएमा करोडौको गुन लगाएको बताएका छन् ।
गैरआवासीय नेपाली संघको नवौं विश्वसम्मेलनको पूर्व सन्ध्यामा एनआरएनएको निर्वाचन समितिले निकालेको उम्मेदवार मनोनय लिस्टका कारण अहिले संसारभरीका एनआरएनए तथा एनआरएनहरुले प्रश्न उठाइरहेका छन् ।
यसै विषयमा पोल्याण्डबाट पार्देले पनि उक्त विषयमा टिप्पणी गर्दै यो जससित सम्बन्ध छ जवाफ चाहियो भन्दै गरिवको छोरो एनआरएनएको अध्यक्ष बन्न नपाउने भन्ने प्रश्न उठाएका छन्
सामाजिक संजालमा उनले भनेका छन्
‘जो जससित सम्बन्ध छ ( जवाफ चाहियो ) एनआरएनएमा जीवन समर्पित गरेकाहरुको तर धन छैन भने उनीहरुको लागि एनआरएन हुँदै होइन किन कि धनको खोलो बगाउने उम्मेदवार मात्र उम्मेदवार हुन पाउछ तर जीवन समर्पित गरेको धनको खोलो बगाउन नसक्ने ट्वाल्ल पर्नुपर्छ ।
एनआरएन अध्यक्ष हुन मात्र १० लाख त उम्मेदवार शुल्क रहेको छ । धेरै यस्ता व्यक्ती छन् जीवनभर १० लाख कमाउन त सकेनन् तर एन आर एनमा करोडौको गुन लगाएका छन् । जवानी खर्चेका छन् धेरै समय खर्चेका छन् उनिहरुको लागि किन एन आर एन केन्द्र सधै मौन छ ?
जबसम्म करोडौं खर्च गर्ने मात्र नेतृत्वमा आउने संस्कार एनआर एन केन्द्रमा बन्दछ तबसम्म गरिखाने व्यक्तिहरु भिजन र रिजन भएर कदापि नेतृत्वमा आउन पाउदैनन् । यस असमान प्रक्रियाको विरुद्धमा दुनियाँ बोल्नु आवश्यक छ के गरिबको छोरो अध्यक्ष लड्न नपाउन्ने हो त ?
१० लाख होइन करोडौको जवानी एन आर एन भनेर सकेको छ त्यस्तालाई पुँजिको नाममा किन बन्देज ! एन आर एन भन्दा भन्दै उसैलाई प्रयोग गरेर उसैलाई जोगि बनाउने सस्था कसरी हरेक धनी गरिब सबैको साझा सस्था बन्दछ । जवाफ चाहियो !
वि.सं.२०७६ भदौ २४ मंगलवार १७:५२ मा प्रकाशित



























