back
CTIZAN AD

ताराखोलामा मनाए परम्परागत सिस्नो खोस्ने भदौरे पर्व !

वि.सं.२०७६ भदौ २५ बुधवार

1.2K 

shares

२५ भदौ, बागलुङ ।‘ताराखोला गाउँपालिकाको पहिचान, संस्कृति जोगाउदै प्रवद्र्धनको अभियान’ भन्नेमुल नाराका साथ ताराखोलामा मगर समुदायले सिस्नो खोस्ने भदौरे पर्व धुमधामकासाथ मनाएका छन् ।

आफना दिवंगत पितृहरु तथा प्रकृतिको सम्मानार्थ परम्परागत सिस्नो खोस्ने पर्व गरिदै आएको ताराखोला ५ निवासी दुतमान घर्तीले जानकारी दिए ।

भदौ शुक्ल पक्षको अवसरमा आयोजना गरिने पर्वमा पहिलो दिन बुढापाकाजम्मा भएर बाटो सरसफाई तथा चार किल्ला सिमानमा वाचा गर्ने गरिन्छ ।

त्यस्तै दोस्रो दिन प्रचलन युवा युवतीहरु जम्मा भएर बाटो सरसफाई गर्ने, तेस्रो दिन मगरसमुदायको हेम्थो ( मुल घर ) मा पितृहरु, देव देवता, सिमे भुमेको नाममा अन्नपात चढाउने र सबैको सु(स्वास्थ्य, दीर्घायुको कामना गर्दै रातभर पुजा अर्चना गरिनुका साथै यानीमाया गीत गाउने ढ्याङराहरु र झ्याली बजाएर रमाईलो गर्ने र रागोको बलि दिने परम्परा रहेको छ ।

पर्वको अन्तिम बिहानै देखि मुल घर नजिकरहेको पाटामा विधिवत पुजा गर्ने, सुँगुरको बलि दिने सँगै सामुहिक रुपमा मन्त्रजप्दै ढ्याङराहरु र झ्याली बजाईने स्थानिय ससु रोकाले जानकारी दिए । त्यसपश्चात सुँगुरको सपेटो निकालेर सिस्नोमा बाँध्ने गरिन्छ अन्तिममा बुढापाकाहरु विवाहित युवाहरुले ढ्याङरा र झ्याली बजाउदै उक्त सपेटो सहितको सिस्नो सँगै परिक्रमा गर्ने प्रचलन रहेको छ ।

युवाहरुले बोकेको उक्त सिस्नो युवाहरु र युवतीहरु बीच ५ पटक सम्म एक आपसमा सामुहिक रुपमा घण्टौ समय सम्म खोस्ने गरिन्छ । सपेटो सहितको सिस्नोलाई युवाहरुले जोगाउने र युवतीले खोस्ने गर्दछन् । जितिसकेपछि त्यिनै युवा युवतीहरु मिलेर सामुहिक रुपमा त्यसलाई खाने गर्दछन् । सिस्नो खोस्ने कार्यक्रममा अविवाहित युवा युवतीहरु मात्र सहभागी हुन पाउँदछन । पर्वमा मगर समुदाय सँगै अन्य समुदायको पनि उल्लेख्य उपस्थिती हुने गर्दछ । सिस्नो खोस्ने भदौरे पर्व २ वर्षको अन्तरमा गर्ने गरिएको छ ।


युवाहरुले बोकेको उक्त सिस्नो युवाहरु र युवतीहरु बीच ५ पटक सम्म एक आपसमा सामुहिक रुपमा घण्टौ समय सम्म खोस्ने गरिन्छ । सपेटो सहितको सिस्नोलाई युवाहरुले जोगाउने र युवतीले खोस्ने गर्दछन् । जितिसकेपछि त्यिनै युवा युवतीहरु मिलेर सामुहिक रुपमा त्यसलाई खाने गर्दछन् ।

सिस्नो खोस्ने कार्यक्रममा अविवाहित युवा युवतीहरु मात्र सहभागी हुन पाउँदछन । पर्वमा मगर समुदाय सँगै अन्य समुदायको पनि उल्लेख्य उपस्थिती हुने गर्दछ । सिस्नो खोस्ने भदौरे पर्व २ वर्षको अन्तरमा गर्ने गरिएको छ ।

वि.सं.२०७६ भदौ २५ बुधवार ०९:११ मा प्रकाशित

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...