back
CTIZAN AD

यस्तो हुँदैछ अमेरिकामा नेपालीद्धारा आयोजित विवाह मेला

वि.सं.२०७६ भदौ २५ बुधवार

618 

shares

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा तेश्रोपटक बिहे मेलाको आयोजना गरिने भएको छ । पहिलो र दोश्रो बिबाह मेला सफलतापूर्वक सम्पन्न गरे पश्चात यस बर्ष पनि तेश्रोपटक बिवाह मेला नोभेम्बरमा आयोजना गरिने भएको छ ।

तेश्रो बिबाह मेला बिगत बर्ष झैँ ग्यालेक्सि इभेन्ट्स सोलुसनको आयोजना तथा डिजे सोलक्रीस तथा फोटो पसलको सहकार्यमा नोभेम्बर १७ आइतबारका दिन भर्जिनियामा हुने छ ।

भर्जिनियाको स्प्रिङ्ग्सफिल्ड शहर स्थित वाटरफोर्ड रिसेप्सन (स्वागत कक्ष भवन) मा दिउसो १२ देखि ४ बजेसम्म हुने छ । गत बर्ष दोश्रो पटक आयोजना गरिएको बिहे मेला उत्साहजनक समापन भएपछि अझ बिस्तृत तथा अझ बढी समुदायमुखी बनाउने बताएका थिए । त्यसलाई निरन्तरता दिदै यस बर्ष अझ सफल बनाउन हामी लागि पर्ने आयोजक मध्ये कै एक ग्यालेक्सि इभेन्ट्स सोलुसनका विपीनराज उप्रेतीले बताए ।

वेडिंग मेला (बिहे मेला) नेपाली समुदायको लागि आयोजना गरिने छ । विवाह र साँस्कृतिक पर्वहरुका लागि आबश्यक सेवा तथा सामग्रीबारे सम्बन्धित उपभोक्तालाई सरल रुपमा उपलब्ध गराइने मुख्य उद्धेश्यले बिबाह मेलाको आयोजना गरिदै आएको आयोजक ले जनाएका छन् ।

गत बर्ष दुलहा दुलहीका कपडाका व्यापारी, नेपाली परिकारका खाना, आपूर्तिकर्ताहरु, सजावटकर्ताहरु, गरगहना पसल, बेहुली सजावट तथा शृङ्गारका प्रदर्शन कक्ष, मेहन्दीवाला, लिमोजिन सवारी साधन (बिशेष कार) का संचालक, नेपाली पण्डित, केक पसलका व्यापारी ,बिहेका फूलहरु आपूर्तिकर्ता फोटो (तस्बिर )तथा भिडियो ग्राफर (श्रब्यदृश्यकार) हरुको पनि सहभागिता रहेको थियो ।

गतबर्ष अधिकांशले यस्तो प्रकारको बिबाह मेला अमेरिकाका अन्य राज्यमा पनि हुनु पर्ने सुझाव दिएका थिए । ग्यालेक्सि इभेन्ट्स सोलुसनका विपीनराज उप्रेती तथा नेरिशा उप्रेती, डिजे सोलक्रीसका कृष्ण दाहाल तथा फोटो पसलका सम्पूर्ण मानन्धरको सयुक्त आयोजनामा बिबाह मेला आयोजना हुनेछ ।

वि.सं.२०७६ भदौ २५ बुधवार ०८:४७ मा प्रकाशित

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...