back
CTIZAN AD

कुखुरापालन व्यवसायतर्फ राजी परिवार

वि.सं.२०७६ भदौ २५ बुधवार

690 

shares
लम्की ।  २४ भदौ, कैलालीका राजी परिवार व्यावसायिक कुखुपालनतर्फ आकर्षित भएका छन् । राजी समुदायले जीविकोपार्जनका लागि कुखुरा, बाख्रा, बङ्गुरपालनजस्ता व्यवसाय गर्न थालेका हुन् ।

गत वर्षबाट कुखरापालन व्यवसाय थाल्नुभएका टीकापुरका चित्रबहादुर राजीले गत वर्ष राम्रो आम्दानी भएपछि यस वर्ष व्यवसाय विस्तार गर्ने योजना बनाउनुभएको छ । “गत वर्ष ५०० बोइलर कुखरा पालेको थिएँ, राम्रै आम्दानी भयो”, चित्रबहादुरले भने, “यस वर्ष थप कुखुरा थप्ने योजना बनाएको छु । यस वर्ष थप एउटा खोर बनाउने योजना बनाएको छु ।” चित्रबहादुरले कुखुरापालनमात्र नभई बाख्रापालन, तरकारी खेती पनि गर्ने गरेका छन् । “बाख्रा पनि पालेको छु, वर्षेनी १५ वटासम्म बाख्रा बिक्री गर्छु ।” चित्रबहादुरले भने, “बाख्रा र कुखुराको मल बारीमा हाल्दा तरकारी खेती गर्न पनि राम्रो र सजिलो भएको छ । तरकारी पनि गाउँमै बिक्री हुन्छ ।”

चित्रबहादुर जस्तै कोकिलादेवी राजीले पनि यस वर्ष कुखुरापालन शुरु गरेकि छन् । कोकिलाले पहिलोपटक ५०० कुखुरा पालेकी छन । “कुखुरा पाल्न सजिलो लाग्यो, दाना छोराले बोकीहाल्छ, घरमै बसेर स्याहार्न सकिने भएकाले यो व्यवसाय शुरु गरे ।” कोकिलाले भनिन्, “खै राम्रो भएमा एक वर्षमा रु एक लाखसम्म कमाउन सकिन्छ भन्छन्, त्यति कमाए घर खर्च चल्छ ।”

कैलालीको भजनी नगरपालिका–९ का जीवन राजी र रामदेव राजीले पनि व्यावसायिक कुखुरापालन गरेका छन । भुरुवा राजी बस्तीमा रहेका राजी परिवारले पनि विस्तारै व्यवसाय रोज्न थालेका छन् । “शुरुमा कुखुरापालन गरेँ, राम्रो आम्दानी भयो ।” जीवनले भने, “यस वर्ष कुटानी पिसानी गर्ने राइसमिल पनि सञ्चालन गरेको छु, कुखुरालाई दाना मिलमै पाइन्छ ।”

विगतमा जङ्गलमा नदी किनारमा माछा मार्ने, जङ्गलका गीठा भ्याकुर खाएर जीविका चलाउने राजी समुदाय विस्तारै व्यावसायिक कार्यमा सक्रिय हुन थालेका छन् । जीविकोपार्जनका लागि कृषि कार्यमा सक्रिय हुनु सकारात्मक भएकाले कृषि कार्यमा लाग्नेलाई स्थानीय सरकारले सहयोग गर्ने टीकापुर–१ का वडाध्यक्ष गङ्गाराम आचार्य बताउछन् । “हामीले कृषिमा लगानी गर्ने कृषकलाई प्राविधिक र आर्थिक सहयोगसमेत गर्नेछौँ । राजी, वादी समुदायले कृषि पेशा रोजे उनीहरू प्राथमिकतामा पर्नेछन् ।”

यसअघि कैलालीका राजी समुदायलाई जीविकोपार्जनमा सघाउने उद्देश्यले फाया नेपालले कुखुरा र खोर सहयोग गरेपछि राजीका हरेक घरमा १० देखि २० सम्म कुखुरा पालेको देख्न सकिन्छ । तीमध्ये केही व्यावसायिकरूपमा कुखुरा पाल्न थालेका छन् । “आफैँले व्यवसाय गरे ज्याला मजदुरी खोज्नुपर्ने झण्झट रहँदैन ।” स्थानीय समीक्षा पुनले भने, “कुखुरा बिक्री गरेको रकमबाट छोराछोरीको पढाइ लेखाइमा समेत सजिलो हुन्छ ।”(रासस)

वि.सं.२०७६ भदौ २५ बुधवार ०९:१९ मा प्रकाशित

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...