back
CTIZAN AD

धितोपत्र बजारः नेप्से घट्यो

वि.सं.२०७६ भदौ २५ बुधवार

711 

shares

२५ भदौ, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.२४ बिन्दुले घटेर एक हजार १६६.६७ बिन्दुमा झरेको छ ।

अपराह्न १ बजेसम्म एक हजार ६१.९३ बिन्दुमा झरेको नेप्से क्रमशः उकालो लागेर २ बजेर २० मिनेटसम्म एक हजार १७२.८२ मा पुगेको थियो । पुनः नेप्से ओरालो लागेर बजार बन्द हुँदा एक हजार १६६.६७ मा सीमित भयो ।

नेप्से घटेपनि ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२१ बिन्दुले बढेर २५५.५७ मा पुगेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम समेत सस्तैमा समेटिएको छ ।

कूल १७२ कम्पनीको नौ लाख ९२ हजार १२२ कित्ता शेयर रु २३ करोड ७९ लाख ५९ हजार ६५३ मूल्यमा खरीद बिक्री भएको छ । स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ ।

होटल २८.८७, विकास बैङ्क २.०६, निर्जीवन बीमा २२.८२ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले बढ्दा बैङ्किङ १.७५, व्यापार ०.०१, जलविद्युत् ८.०२, वित्त ३.०१, उत्पादन १६.६६, अन्य १.७८, लघुवित्त ४.१२ र जीवनबीमा २६.२१ ले घटे ।

कारोबारका आधारमा आज कुमारी बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैंकको रु एक करोड २५ लाख ९९ हजार ८२९ बराबरको शेयर खरिदबिक्री भयो । यस्तै एनआइसी एसिया रु एक कारेड २३ लाख दुई हजार ४०६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड आठ लाख ३६ हजार ३९७, कृषि विकास बैङ्क रु ९० लाख ३९ हजार ३६६, नेपाल बैङ्क लिमिटेड रु ८६ लाख १८ हजार ९४५ र रसुवागढी जलविद्युत् कम्पनीको रु ७४ लाख ४९ हजार बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ६.७२ प्रतिशतले कमाउँदा माउन्टेन हाइड्रो ६.०२, नविल इक्विटी फण्ड ५.९१, साङ्ग्रीला डेभलपमेन्ट बैङ्क ४.२९ र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३.७५ प्रतिशतका दरले कमाए ।

यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ४.४६, अरुण काबेली पावर ४.१०, कञ्चन डेभलपमेन्ट बैंक ३.८०, युनिभर्सल पावर कम्पनी ३.७५ र नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.५४ प्रतिशतले गुमाए । (रासस)

वि.सं.२०७६ भदौ २५ बुधवार ०९:२९ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...

पोखरा–दुबई उडान दिगो बनाउन पहल

पोखरा–दुबई उडान दिगो बनाउन पहल

गण्डकी । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...