२७ भदौ , बङ्गलादेश । बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा कोइला लिएर हिँडेको एक मालवाहक पानी जहाज बिहीबार दुर्घटना हुँदा कम्तीमा १२ जना बेपत्ता भएको त्यहाँका अधिकारीहरूले जानकारी गराएका छन् ।
जहाज एक हजार १०० मेट्रिक टन कोइला लिएर चट्टोग्राम बन्दरगाहतर्फ गइरहेको समय चट्टोग्रामबाट ३५ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको बताइएको छ । उक्त स्थान राजधानी ढाकाबाट २४२ किलोमिटरको दूरीमा पर्छ ।
जल यातायात विभागका कार्यकारी निर्देशक महबुब रशिदले भने,“समुद्रमा एक्कासी खराबका कारण इन्जिनले जहाजलाई गन्तब्यतर्फ लाने क्रममा समस्या उत्पन्न भएको र जहाज नियन्त्रणबाहिर गई करीब १० बजे दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ । थप जानकारी अनुसन्धानपछि आउनेछ । ”
प्रतिकूल मौसमका कारण जहाजमा चिरा परेपछि बिस्तारै डुबेको जहाजमा रहेका व्यक्तिहरू सबै चालक दलका सदस्य मात्र रहेको रशिदले बताए । वेपत्ताहरूको खोजी जारी रहेको बताइएको छ ।
वि.सं.२०७६ भदौ २७ शुक्रवार १२:०७ मा प्रकाशित





























