back
CTIZAN AD

आफ्नै सहकर्मीको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु

वि.सं.२०७६ भदौ २९ आइतवार

741 

shares

२९ भदौ, काबुल ।  अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

शुक्रबार राति शाहवालीकोट जिल्लाको दमानी क्षेत्रमा आफ्नैै सहकर्मीले चलाएको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु भएको अफगानी ‘वन टिभी’ले प्रहरीलाई उद्धृत गरी जानकारी गाराएको छ । घटनाको स्थानीय अन्य सञ्चारमाध्यमहरूले पनि पुष्टि गरेका छन् ।

अफगानिस्तानमा गत अगस्टमा पनि यस्तै एक घटनामा सात प्रहरीको मृत्यु भएको थियो । गत महिना शाहवालीकोटमा नै भएकोे घटनामा एक प्रहरीले आफ्नै सहकर्मीलाई गरेको आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

अफगानिस्तानमा भएको द्वन्द्वका कारण विक्षिप्त अवस्थामा लड्नुपर्दा कतिपय सुरक्षाकर्मीले आफ्नै सहकर्मीमाथि आक्रमण गरेका घटना असामान्य भएपनि पटकपटक यस किसिमका घटनाहरू दोहोरिने गरेका छन् ।

यसैबीच शुक्रबार सरकारी सुरक्षाकर्मीले चलाएका आक्रमणमा परी पूर्वी पाक्टिका प्रान्तमा कम्तीमा २० लडाकूको मृत्यु भएको छ चने अन्य केही घाइते भएका उल्लेख गरिएको छ ।

सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबारको सुरक्षा कारबाहीमा ठूलो सङ्ख्यामा घाइते भएका छन् तर घाइतेमध्ये कतिपयलाई विद्रोहीहरूले सँगै बोकेर लगेकोले घाइते सङ्ख्या एकीन हुन नसकेको प्रहरीले बताएको छ ।

वि.सं.२०७६ भदौ २९ आइतवार ०९:२८ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...