back
CTIZAN AD

अमेरिका र तालिवानबीच पुनः वार्ता हुनेमा रूस आशावादी

वि.सं.२०७६ भदौ २९ आइतवार

630 

shares

२९ भदौ , मस्को ।  अफगानी तालिवान समूहसँग भएका वार्ता प्रयासलाई अमेरिका र अफगानिस्तान दुवैले थप पहल गर्नुपर्ने रूसले शनिबार जनाएको छ ।

शनिबार रूसी विदेश मन्त्रालयको प्रेस विभागबाट प्राप्त जानकारीअनुसार अफगानिस्तान मामिला रूसी राष्ट्रपतिका विशेष प्रतिनिधि एवम् रूसी विदेश मन्त्रालय दोस्रो एशिया विभागका प्रमुख चामिर काशुलोभले शुक्रबार मस्कोमा अफगानिस्तानी तालिवान प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका र भेटमा उनीहरूले अमेरिकाको पहलमा अफगानी विद्रोहीसँग पुनः वार्ता हुने विश्वास व्यक्त गरे ।

अमेरिका र तालिवानले पुनः वार्ता गर्नु आवश्यक रहेको विचार रूसले गरेको र तालिवानले अमेरिकासँग निरन्तर वार्ता गर्ने तयारी पनि गरेको पनि उक्त अवसरमा अफगानी अधिकारीले बताएका थिए । वार्तामा दुई पक्षबीच अफगानिस्तानको शान्ति प्रक्रियाको पछिल्लो प्रगतिबारे छलफल भएको थियो ।

सन् २०१८ अक्टोबरदेखि अमेरिकी सरकारले तालिवानसँग दोहामा शान्ति वार्ता गर्न थालेको हो । उक्त वार्ता नौ चरणसम्म भइसकेको छ । सेप्टेम्बर १ मा सम्पन्न भएको नयाँ वार्तामा दुई पक्ष सम्झौताको मस्यौदा नजीक पुगेका थिए ।

तर अघिल्लो साता अफगानिस्तानमा भएको आक्रमणमा अमेरिकी कर्मचारीको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर ९ तारिखमा ह्वाइट हाउसमा सञ्चार माध्यमहरूलाई दुई पक्षबीचको शान्ति वार्ता भंग भएको बताएका थिए ।

वि.सं.२०७६ भदौ २९ आइतवार १०:०३ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...