back
CTIZAN AD

उल्लासमय वातावरणमा सम्पन्न भयो वसन्त चौधरीको दोश्रो ‘न्यूयोर्क शृंखला’

वि.सं.२०७६ भदौ २९ आइतवार

777 

shares

अमेरीका । सेप्टेम्बर ११ २०१९ दिन न्युयोर्क शहर ज्याक्सन हाइट्सको बेलेजिल्लो हलमा प्रतिष्ठित ब्यापारी चौधरी घराना बरिष्ठ कवि तथा गीतकार वसन्त चौधरीको बिश्व काव्य यात्रा दोश्रो शृंखला अन्तर्गत न्युयोर्क श्रृङखला एक भब्य समारोहबीच सफलतापुर्वक समापन भयो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व च्याप्टर अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि न्युयोर्क स्टेट सिनेटर जोन सी लिउ, कार्यक्रमका मुख्य आकर्षक बसन्त चौधरी र अनेसास बोर्ड अफ ट्रस्टिजका अध्यक्ष गीता खत्री विशेष अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रमको शुरुवात बिशेष अतिथि र स्वयं कार्यक्रमका प्रमुख आकर्षण कबि बसन्त चौधरीका हातबाट पानसमा बत्ती बालेर गरिएको थियो। कार्यक्रमको शुरुवात लोकप्रिय कलाकारद्वय सपना श्री र संगीता छोचुंले नेपाली राष्ट्रिय गान र प्रतिभावान सानी कलाकार अर्मानी महर्जनले अमेरिकन राष्ट्रिय गान गाएर गरिएको थियो। कार्यक्रमका सभापति राजेन्द्र श्रेष्ठले सबै उपस्थित अतिथिहरुलाई स्वागत गर्नुका साथ साथै ९ /११ को दिनमा परेको कार्यक्रममा समस्त अमेरिका र विश्वका निम्ति कालो दिनको सम्झना दिलाउँदै केहि क्षण मौनधारण गर्न आह्वान गरेका थिए ।

चर्चित उद्योगपति तथा समाजसेवीका रुपमा देश तथा बिदेशमा सुपरिचित बसन्त चौधरीले अनेक कालजयी गीतहरु नेपाली संगीत जगतलाई प्रदान गरेर तथा नेपाली तथा हिन्दि भाषामा आफ्ना कविता संग्रह प्रकाशित गरेर एक कुशल गीतकार र कबिका रुपमा पनि आफ्नो बिशिस्ट पहिचान बनाएका छन्।

कार्यक्रममा उनले करिब एक घण्टा एकल कबिता बाचन शैलीमा आफ्ना पुर्व प्रकाशित र प्रकाशोन्मुख कबिता, गीतरगजल र मुक्तक बाचन गरेर सबैको मन जितेका थिए । नेपाली भाषा मात्र नभएर उनले हिन्दि तथा अंग्रेजी कविता र गीतहरु मार्फत उपस्थित बिदेशी अतिथिहरुलाई पनि उत्तिकै हर्षित बनाएका थिए । नेपाली, बिदेशी भाषा साहित्यप्रेमी दर्शकहरुले हल खचाखच भरिएको थियो ।

अत्यन्त मिठो स्वर र नम्र मिजासका धनि चौधरीसंगै दर्शकहरुले पनि गजल गाएर झुमेका थिए, समय बितेको पत्तै पाएका थिएनन् । कार्यक्रममा प्रमुख अतिथि,बिशेष अतिथि र स्वयं श्रस्टाद्वारा चौधरीको नया कविता संग्रह ‘बसन्त’को लोकार्पण पनि गरिएको थियो। सो पुस्तक नेपाली भाषामा मात्र नभएर हिन्दी, मैथली, मारवाडी, नेपालभाषा, बंगाली, अंग्रेजी आदि गरि ९ भाषामा प्रकाशित गरेका छन्, जुन नेपाली साहित्यमा एउटा इतिहास नै बनेको छ। सोहि अवसरमा न्युयोर्कबासी नेपालीको तर्फबाट उनलाई अभिनन्दन गरिएको थियो ।

प्रमुख अतिथि जोन सी लिउ र बिशेष अतिथि गीता खत्रीले अभिनन्दन पत्र र सभापती राजेन्द्र श्रेष्ठले दोसल्ला र पुष्प गुच्छा अर्पण गरेका थिए । उक्त अभिनन्दन पत्रमा लेखिएको कार्यक्रम कि उद्घोषक शकुन ज्ञवालीले पढेर सुनाएकी थिइन् । सोहि अवसरमा न्युयोर्क सिटीको तर्फबाट बसन्त चौधरीले नेपाली साहित्य र काब्य जगतलाई विश्व काब्य शृंखला मार्फत संसारभरी नेपाललाई चिनाउनुका साथै नेपाली कला साहित्यमा उनले पु¥याएको योगदानको कदर गर्दै प्रमुख अतिथि श्री जोन सी लिउ ले साऎटेसन प्रदान गरेका थिए । अभिनन्दित व्यक्तित्व बसन्त चौधरीले कार्यक्रमका प्रमुख अतिथि र अनेसास न्युयोर्क च्याप्टरलाई मायाको चिनो प्रदान गरेका थिए । लेखक स्वयम्ले आफ्नो नया कृति ‘बसन्त’को नौ वटै भाषाको किताबहरु अनेसास न्युयोर्क च्याप्टरलाई प्रदान गरेका थिए ।

अत्यन्तै उल्लासमय वातावरणमा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा लेखकले अनेसास न्युयोर्क च्याप्टरलाई बिशेष धन्यबाद दिंदै काब्य यात्रामा सहयोग गर्ने सबै र उपस्थित श्रोता तथा सहभागी साहित्यप्रेमीहरुलाई धन्यबाद ज्ञापन गरे। बिशेष अतिथि गीता खत्रीले बसन्त चौधरीलाई बधाई दिनुका साथै उनको विश्व काब्य यात्राको अन्तिम शृंखला पनि न्युयोर्क मै गर्ने घोषणा गर्दै आफनो मन्तब्य राखेकी थिइन् । कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति राजेन्द्र श्रेष्ठ र समाजसेवी सोमनाथ घिमिरेले उपस्थित सम्पूर्ण पाहुनाहरुलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।

कार्यक्रमको उद्घोषक अनेसास न्युयोर्क च्याप्टरका उपाधक्ष्य शकुन ज्ञवालीले कुशलतापुर्बक गरेकी थिइन् ।

अन्त्यमा कार्यक्रमलाई अझ रौनक र ऐतिहासिक बनाउन गिरीजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाका सभापति सोमनाथ घिमीरेले सेनेटर जन सि लियु, न्युयार्क सिटी मेयर अफिसका सिनियर लियाजन अफिसर रोहन नरिन र १८ देशका विभिन्न कम्युनिटी लिडरहरुलाइ उपस्थित गराइ सहयोग गरिदिएको अन्तराष्ट्रीय नेपाली साहित्य समाज न्युयार्क आभार व्यक्त गरेका छन् ।
तस्वीरहरु : हाम्रो फोटो डट कम र सोमनाथ घिमीरे

वि.सं.२०७६ भदौ २९ आइतवार १०:२२ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...