२९ भदौ, भक्तपुर । शिक्षक सेवा आयोगले भदौ २८ गते सूचना प्रकाशन गरेको छ ।
उक्त सूचना अनुसार आयोगले विज्ञापन नगरेको विषयहरुमा फाराम भरेका कारण उक्त सूचना प्रकाशन गरेको हो ।
आयोगले अशोज ११ गते हुने निम्न माध्यामिक तहको शिक्षक लाईसेन्सका लागि पाँच वटा विषयहरुमा दरखास्त आह्वान गरेकोमा ती बाहेका अन्य विषयमा केही उम्मेद्वारले फाराम फरेका छन् । आयोगबाट विज्ञापित पाँच विषयहरु ( नेपाली अंग्रेजी, गणीत, विज्ञान र सामाजिक ) हुन् । तर कति उम्मेद्वारहरुले यी बाहेका अन्य विषयहरुमा पनि फाराम भरिएको आयोगले जनाएको छ ।
यी बाहेकका विषयमा फाराम भरेका उम्मेद्वारहरुको दरखास्त स्वीकृत हुन नसक्ने भएकोले आयोगले सूचना मार्फत निम्न लिखित कागजातहरु (बैंक भौचरको स्क्यान प्रति , कक्षा १२ को ट्रासक्रिप्टको स्क्यान प्रति र शिक्षा विषय पढेको वा दश महिनाको तालिम पूरा गरेको भए सोको स्क्यान प्रति ) सहित इमेल गर्न सूचनामा भनिएको छ ।
आयोगको इमेल ठेगाना tscapplication1@ gmail. Com मा अशोज १ गतेभित्र मेल पठाउन हुन जानकारी गराइएको छ । अन्यथा उक्त दरखास्त रद्द हुने पनि आयोगले जनाएको छ ।
वि.सं.२०७६ भदौ २९ आइतवार ११:०६ मा प्रकाशित






























