back
CTIZAN AD

मानवतस्करी रोक्ने ऐजेन्डामा एनआरएनए किन मौन ?

वि.सं.२०७६ भदौ ३० सोमवार

705 

shares

नेपालबाट बिदेश भन्दै मरिहत्ते गर्ने । कानुन अनुसार कुनै पनि संयन्त्रले काम नगर्ने । सरकारले न त समस्या समाधान गर्ने, उहीँ भोट माग्ने भाँडो मात्र बनाइरहने नौटन्की फ्री भिजाको रटान लगाइरहने बिदेश आउने समस्या बारे किन मौन छन् कथित सामाजिक संघ संस्थाहरु ?

विदेशको वास्तविक नियम अनि यथार्थ जानकारी किन दिन खोज्दैनन ? ७२ देशमा शाखा बिस्तार गरेको कुन एन आर एन नेताले अनुराधा कोइराला जस्तो रिस्क लिएर कुन एन आर एन नेताकै गैरकानुनी कामको बिरुद्धमा आवाज उठाउन सके ? किन कानुन मान्ने व्यक्तिहरु आज हरेक देशमा डिप्रेसनको सिकार भैरहेका छन् ? किन मानव भ्रष्टहरुको मात्र आवाज बलियो भएको छ ? यतिबला अनि सरकार किन चुप छ ? सरकारको बिरुद्धमा बोल्नेलाई जेल हाल्ने सरकारले किन मानव भ्रष्टहरुलाई पुरस्कार दिइरहन्छ ! शुरूवातमा गार्हो होला तर, नेपाली समाज मानव भ्रष्टबिरुद्ध किन एक हुन सक्दैन ? फेरि सत्य कुरा गर्नेहरुलाई किन प्रताडित बनाइन्छ ?

यो रुप हुनुमा हाम्रो मनोविज्ञान पनि हो । आफू त बिदेश बस्यो, हामिलाई भिजा पठाएन, भिजा पठाएर दूतावासमा सेटिङ मिलाएन, यस्तो हावा सोच र मनोवैज्ञानिक कारणले नेपाली समाज र बिदेशमा बस्ने नेपाली समाजमा सामन्जस्यता हुन सकेको छैन । बिदेश आएर काम भन्दा गफ लगाउने गफाडी पनि उत्तिकै जिम्मेवार छन् । म पनि जिम्मेवार छु अनि हामी सबै जिम्मेवार छौ । अरुलाई सधै नराम्रो देख्ने नाममा आफूलाई सधै देवता सम्झने हाम्रो कुन्ठित मनोविज्ञानका कारण पनि यस्तो भएको हो ।

राजनीतिक पार्टीको कुरै छोडौ उनिहरु त भोटको लागि जे पनि गर्ने अहंकार राजनीति गरिरहेका छन् । अब त्यो भोट माग्ने राजनीतिक रोग एनआरएनएमा सल्केको देखेर र एनआरएनए केन्द्रको एजेन्डामा तस्करी सम्बन्धी एजेन्डा नदेखेर मानव भ्रष्टहरु त खुशी होलान् तर हजारौं मित्रलालहरु दुःखी पक्कै भएका छन् ।

एउटा माइती नेपालले सयौ चेलिबेटीहरुको उद्दार गर्न सफल हुने, सयौ चेलिबेटी बेचबिखन गर्ने सयौ मानव भ्रष्टहरुलाई जेलमा कोच्न सफल हुने ‘तर विश्वभर हामी फैलिएका छौ’ भन्ने एनआरएनएहरुले किन वास्तविक मानव भ्रष्टहरु, जसले गैर ढंगले मान्छे ओसारेर जीवन घर न घाटको गराएको छ ती भ्रष्टहरुलाई किन जेल कोच्न नसक्ने ? किन विभिन्न देशको सरकारी संयन्त्रको बेथितिमा आवाज उठाउन नसक्ने ? एनआरएनए भनेको करोड पतिहरुको मात्र क्लब हो भने किन रोडपतिहरुलाई भोटको लागि आग्रह किन गर्ने ? वास्तविक एनआरएनए हो भने अब लड्न सक्नुपर्छ ती मानव भ्रष्टहरुको बिरुद्धमा, मान्छे गैरकानुनी तरिकाबाट ओसार्नेहरुको विरुद्धमा अनि गलत काम गर्ने सरकारको बिरुद्धमा ।

अहिले एनआरएनए दोहोरो नागरिताको रटान गरिरहनु आवश्यक छैन बरु बिदेश हिड्ने र ल्याउनेलाई उचित व्यवस्थापन कि त गरौ उचित व्यवस्थापन नगर्ने हो भने पुरै गैर ढङ्गले आउने र ल्याउनेलाई रोक्नैपर्दछ । तर, यो काम एक्लै र एउटै समुदायमात्र सकिँदैन ।

मनोबिज्ञानिक रुपले बलियो बनाउदै यथार्थ बुझाउदै मात्र आफ्नो काम गरौ । हो एक्लै सकिँदैन तिनिहरुको बिरुद्धमा बोल्दा मात्र धेरै इमानदार प्राणिहरुको चुल्हो नबलेको छ बरु इमानदारहरु अदृश्य पाराले पलायन हुनु परेको छ । सामाजिक क्रान्तिमा व्यक्तिगत रिसइबिमा बिदेशमा आरोप प्रत्यारोप चलेको छ । शुरुमा दादा पछि दलाल, शुरुमा हजुर पछि ‘साले कुकुर’ भन्दै समाज बिभक्त भएको छ । नौटन्की बिदेशमा खुलेका राजनीतिक सस्थाहरु खाली नेताजीलाई एयरपोर्ट लैजाने र लिने भन्दा अरु के पो सिकाए र ? खै त ती राजनीतिक दलहरु भ्रष्टाचारतन्त्रको बिरुद्धमा लडेको ? खै त कानुनी रुपमा काम गर्नेहरुलाई प्रोत्साहन गरेको ? खाली कम्युनिस्टले काङ्ग्रेसलाई गाली गर्ने काङ्ग्रेसले कम्युनिस्ट गाली गर्ने मात्र त भो बिदेशमा सहि तरिकाले काम गर्नेको खुट्टा तान्ने कसैको काम गर्दा सानो गलत भो भने पहाड बनाउने ? यस्तो पाराले इमानदार सत्यता मरेर भ्रस्टाचार तस्करीको बिजय र राज पक्कै हुनेछ ।

नौटन्की संस्था खोलेर देशको हित गर्छु भन्नेहरू खै त बोलेको ? दुःखको कुरो बिदेशमा भएका राजनैतिक संस्थाहरुले एवम सामाजिक संस्थाहरुले मान्छे मरेपछि लाश व्यवस्थापन गर्नको लागि अल्झिनुपरेको छ । सहयोग उठाउने मात्र गर्नुभन्दा कुन देशमा कस्तो नियम छ अनि कस्तो सीप सिक्दा उपयुक्त होला भन्नेबारे बुझाउन आवश्यक पनि छ र यो बारे बुझाउन अति जरुरी छ ।

भर्खरै आएकाहरुलाई मनोवैज्ञानिक अनि वस्तुगत जानकारी दिने भलै सःशुल्क किन नहोस् वैधानिक संयन्त्र हुनु जरुरी छ । कुनैपनि हालतमा मान्छे गैरकानुनी रुपले बिदेशी भुमिमा घर न घाटको बनाएर पठाइनु त्यो मान्छे मारे जस्तो अपराध हो । घुस लिने र दिने दुबै अपराधी हुन् । नियम कानुन र इथिक्सको परिधिमा रहेर काम गर्ने र गराउने सस्था व्यक्ती कम्पनीलाई हामिले प्रोत्साहन गर्न कहिल्यै कन्जुस्याइँ गर्नु हुदैन ।

वि.सं.२०७६ भदौ ३० सोमवार १२:०३ मा प्रकाशित

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...