back
CTIZAN AD

ज्योतिष ज्ञान भन्छ यस्ता हुन्छन् मंगलबार जन्मिएका मानिसहरु

वि.सं.२०७६ भदौ ३१ मंगलवार

1.1K 

shares

जो व्यक्ति मंगलबार जन्मिएका हुन्छन् उनीहरु गम्भीर स्वभावका हुन्छन् । मंगलबार जन्मने मानिसहरुमा विरता हुन्छ । उनीहरु राम्रो सल्लाहकार बन्न सक्छन् । सानो सानो कुरामा भावुक हुन्छन् । साथै केही उग्रपनि हुन्छन् ।

मंगलबार जन्मने महिलाहरुमा चिढचिढापन देखिने तथा क्रोधित स्वभावका पनि हुन्छन् । उनीहरु धेरै कल्पनामा डुब्छन् । उनीहरु धेरै प्रकारका इच्छा बोकेर बाँचेका हुन्छन् । यो पूरा गर्नुपर्छ भन्ने ठान्छन् । उनीहरु जीवनमा धेरै कठिनाईहरु आउन सक्छन् । जीवनमा केही सन्देश दिनुपर्छ भन्ने हुन्छ । जीवनमा अगाडि बढ्ने कला उनीहरुमा हुन्छन् । इमान्दार र सत्मार्गबाट अगाडि बढ्न चाहान्छन् । उनीहरु ललितकलामा पूर्ण हुन्छन् । केही न केही विशेषकला उनीहरुमा हुन्छ । उनीहरु धार्मिक स्वभावका पनि हुन्छन् । जीवनमा उद्धेश्य केही बोकेर अर्कै तरिकाबाट पनि बाँच्नुपर्ने बाध्यता पनि हुन्छ उनीहरुलाई ।

मंगलबार जन्मने व्यक्ति साहसी पनि हुन्छन् । जे काम पनि इमान्दारीताका साथ गर्छन् । यदि उनीहरुको जन्म कुण्डलीमा चन्द्रमा कमजोर छन् भने उनीहरु उचाईबाट डराउँछन् । एक्लै बस्दा पनि डराउने हुन्छन् । शनि, चन्द्र, मंगल, बृहस्पति राम्रो अवस्थामा छन् भने उनीहरु धेरै शक्तिशाली हुन्छन् । निरन्तर अगाडि बढ्ने हिम्मत उनीहरुमा हुन्छन् । उनीहरु आमालाई बढी माया गर्छन् । घरबाट टाढा हुँदा होमसिकमा समेत पर्छन् । उनीहरुले तामा धारण गर्दा राम्रो हुन्छ ।

त्यस्तै मंगलबार जन्मने व्यक्तिहरु अत्यधिक धन भएका हुन्छन् । ठूला भन्दा ठूला काममा पनि बौद्धिकताका साथ आफ्नो धनको सदुपयोग गर्छन् । उनीहरुको स्वभाव अलि कडा हुन्छ । रगत र छाला सम्बन्धी समस्या आउन सक्छ । सुख दुःख सहज पार गर्दै जान्छन् । उनीहरु सेना, डाक्टर लगायतका पेशामा सफल हुन सक्छन् ।

उनीहरुको हृदय कठोर हुन्छ । जस्तोसुकै अवस्थामा पनि उनीहरु धैर्य गरेर अगाडि बढ्छन् । पूर्णरुपमा सबै परिस्थितिमा सहन गरेर बस्छन् । उनीहरुमा दया पनि हुन्छ । दोषिलाई दण्ड दिन पनि उनीहरु पछि हट्दैनन् ।

उनीहरु प्राय दुब्ला हुन्छन् तर शक्तीसाली पनि हुन्छन् । मंगलबार जन्मने व्यक्तिले हनुमान तथा गणेशको पूजा गर्न राम्रो हुन्छ । ज्योतिष विज्ञान भन्छ उनीहरुले आफ्नो क्रोधपनालाई कमगर्न जरुरी हुन्छन् । मंगलबार रातो वस्तु दान गर्नु यस्ता व्यक्तिहरुलाई शुभ हुन्छ ।

वि.सं.२०७६ भदौ ३१ मंगलवार ०९:१३ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी...

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...