back
CTIZAN AD

दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी

वि.सं.२०७६ असोज २ बिहीवार

696 

shares

२ असोज, काठमाडौँ । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड) अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आइएमई बैङ्कले प्रवद्र्धन गर्न लागेको ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ र लक्ष्मी बैङ्कले प्रवद्र्धन गर्ने ‘लक्ष्मी उन्नति कोष’ बिक्रीका लागि तयारी गरिएको हो ।

बोर्डमा छलफलका क्रममा रहेका ती योजनाअनुसार ‘ग्लोबल आइएमई म्युचुअल फण्ड’ अन्तर्गत रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्री गरिने छ । त्यस्तै ‘लक्ष्मी म्युचुअल फण्ड’अन्तर्गत रु ८० करोड बराबरको आठ करोड इकाइ बिक्री गरिनेछ ।

बोर्डले गत भदौ २३ गतेमात्रै सनराइज बैङ्कले प्रवद्र्धन गरेको ‘सनराइज फस्ट म्युचुअल फण्ड’ योजनाअन्तर्गत रु एक अर्ब बराबरको १० करोड इकाई बिक्री गर्नका लागि स्वीकृति दिएको छ ।

नेपाल स्टक एक्सचेन्जमा हाल १७ वटा सामूहिक लगानी कोष योजना सूचीकृत छन् । शेयर बजार निरन्तर ओरालो लागेका कारण अधिकांश योजनाको प्रतिइकाइ मूल्य आधारभूत मूल्यभन्दा कम रहेको छ ।

स्टकमा सूचीकृतमध्ये नवील ब्यालेन्स फण्ड–१ को प्रतिइकाइ मूल्य रु १६।६५, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ रु १०।८५ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–१ को प्रतिइकाइ मूल्य २०।०९ रहेको छ ।

वि.सं.२०७६ असोज २ बिहीवार १५:१० मा प्रकाशित

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकका...

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि थप आकर्षक प्याकेज...

अब बनाउने होईन त आफ्नै  घर ज्योती होम लोनको साथमा ?

अब बनाउने होईन त आफ्नै घर ज्योती होम लोनको साथमा ?

काठमाडौँ ।ज्योति विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको आफ्नै घर बनाउने...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...