back
CTIZAN AD

क्यास्ट्रोको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीद्धारा दुःख

वि.सं.२०७३ मंसिर १२ आइतवार

684 

shares

१२ मङ्सिर,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले क्युबाली कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका महासचिव शरणविक्रम मल्लले आज जारी गरेको विज्ञप्तिमा स्वाधीनता, शान्ति, समानता र समुन्नतिका निमित्त उपनिवेशवाद विरोधी आन्दोलनका एक क्रान्तिकारी मित्रलाई गुमाउनुपरेकामा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
चार दशकभन्दा बढी समयसम्म क्युबामाथि नाकाबन्दी लगाउँदा पनि कहिल्यै नझुक्ने र कुनै प्रकारको मोलतोल नगर्ने स्वतन्त्रताका हिमायती नेता क्यास्ट्रोले आफ्नो देशलाई समाजवादको बाटामा अघि बढाउन भूमिका निर्वाह गरेको जनाइएकोे छ । क्युबाली श्रमजीवी जनताले क्यास्ट्रोले देखाएको बाटालाई अवलम्बन गरी शोषण, उत्पीडन र सबै प्रकारका बाह्य हस्तक्षेपविरुद्ध अगाडि बढ्ने विश्वास व्यक्त गरिएको छ । क्यास्ट्रोको ९० वर्षका उमेरमा शनिबार निधन भएको थियो । रासस

वि.सं.२०७३ मंसिर १२ आइतवार ०६:२५ मा प्रकाशित

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

काठमाडौं । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका प्रतिनिधिको...

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले...

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार...

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

काठमाडौँ ।  नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न...

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...