back
CTIZAN AD

साझा चढेर प्रधानमन्त्री सिंहदरबार गएपछि…

वि.सं.२०७३ मंसिर १२ आइतवार

669 

shares

pm-sajha

१२ मंसिर, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साझा बस चढेर  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जानु भएको छ ।
साझा यातायातले सुरु गरेका नयाँ बसको उद्घाटनपछि प्रधानमन्त्री दाहाल बा४ख ५६५५ नंको साझाको बस चढेर सिंहदरबारस्थित आफ्नो कार्यालय पुग्नु भएको हो ।

प्रधानमन्त्रीको साथमा साथमा भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री रमेश लेखक, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानी लगायत विशिष्ट व्यक्ति हुनुहुन्थ्यो ।
उद्घाटन कार्यक्रमा प्रधानमन्त्री दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा देशभित्र यातायात व्यवस्थाको अराजकतालाई ध्यानमा राख्दै सुधारका नीति र योजनालाई कार्यान्वयनमा ल्याउन तथा ट्राफिक व्यवस्थापनमा लागिपरेको सन्दर्भमा साझाको काम सराहनीय रहेको बताउनुभयो ।
त्यस्तै काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँको यातायात व्यवस्थापन गर्न कामपाले साझासँग सहकार्य गरी नयाँ बस सेवा सुरु गरेको बताउनुभयो । उहाँले अबको लक्ष्य काठमाडौँ बाहिरका मुख्य सरहमा सेवा पु¥याउने र त्यसका लागि रु पाँच करोड बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । कामपाले यसअघि ३० बसमा रु १० करोड सेयर लगानी गरेको थियो । स्मार्ट कार्ड मार्फत यात्रुले सहजै शुल्क तिर्ने व्यवस्था गरिने साझाले जनाएको छ ।

सहरी मापदण्डका अत्याधुनिक सुविधासहित आजबाट साझाका बस सञ्चालनमा आएको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले बताउनुभयो ।

आधुनिक सुविधासम्पन्न साझाको बस अपाङ्गमैत्री  छ  ।  त्यसका लागि पछाडिको ढोका ठूलो र ह्विलचेयर सहजै छिराउन मिल्ने सुविधा छ । बसभित्र दुई ह्विलचेयर अट्ने ठाउँ छ । नयाँ बसमा चार सिसिटिभी छन् । मनोरञ्जनका लागि एलइडी टिभी र मोबाइल चार्जरको व्यवस्था छ ।

वि.सं.२०७३ मंसिर १२ आइतवार ०८:११ मा प्रकाशित

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

काठमाडौं । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका प्रतिनिधिको...

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले...

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार...

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

काठमाडौँ ।  नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न...

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...