back
CTIZAN AD

गजल

वि.सं.२०७६ असोज ३ शुक्रवार

1.1K 

shares

कसैलाई सेतो कसैलाई कालो भो संविधान ।
जनताले बुझ्नै नसक्ने जालो भो संविधान ।।

पाउन नसकिने भो न्याय, अन्यायमै परेपनि ।
वास्तवमै हिङ्ग बाँधेको, टालो भो संविधान ।।

विरोध गर्नै नहुने शिशु छ रे गणतन्त्र अझै ।
कहिल्यै परिपक्व नहुने आलो भो संविधान ।।

कहिले काले पुग्छ कहिले गोरे पुग्छ सत्तामा ।
उसकै छोरी बुहारी अनि सालो भो संविधान ।।

आफ्नै अस्पतालको भर छैन जानैपर्छ विदेश ।
डेंगुको लामखुट्टे लुक्ने नालो भो संविधान ।।

उम्किए ठूल्ठूला माछाहरू समातिए भुराहरू ।
भ्रष्टाचारै भ्रष्टाचारको मालो भो संविधान ।।

राजनीति गर्छन्, मरेको लास र गासमा पनि ।
हो जनताको मुटु घोंच्ने, भालो भो संविधान ।।

बुटवल– ११, रुपन्देही

वि.सं.२०७६ असोज ३ शुक्रवार ०९:५२ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...