९ असोज, काठमाण्डौ । अमेरिकाको पेन्सलभेनिया राज्यस्थित ल्यानकास्टरमा मङ्गलवार भएको सडक दुर्घटनामा घाइते भएका नेपाली भाषी कर्ण बहादुर सुबेदीको उपचारको क्रममा मृत्यु भएको छ ।
सडक पार गर्ने क्रममा गाडिले ठक्कर दिँदा गम्भीर घाइते भएका सुबेदीलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो ।
उनलाई बचाउन गरिएको प्रयास सफल नभएको अस्पतालले आफन्तहरूलाई जानकारी गराएको छ । उनको दाहसंस्कार आज बिहान सात बजे, ११९ सेन्टर एभेन्यू रिडिङ पेन्सलभेनियामा गरिने नेपाली भाषी भुटानीहरूले सामाजिक सञ्जालमा राखेका छन् ।
सुबेदी डोगना भुटानमा जन्मिएका हुन् । उनी अहिले परिवार सहित पेन्सलभेनियामा वस्तै आएका थिए ।
वि.सं.२०७६ असोज ९ बिहीवार ०८:१८ मा प्रकाशित

























