अर्जुन थापा,केन्टकी,अमेरिका । अमेरिकाको केन्टकीमा सवारी साधनको ठक्करबाट नेपालबाट छोरी ज्वाइँ भेट्न अमेरिका आएका ५८ बर्षिय बिष्णु प्रसाद सापकोटाको दमृत्यु भएको छ ।
नेपाल महोत्तरी,वर्दिबास घर भई ३ हप्ता अघिमात्र छोरी बिनिता सापकोटा तथा ज्वाइँ रोशन राज घिमिरेलाई भेटघाट गर्न लेक्जिङ्गटन ,केन्टकी आएका स्व सापकोटा आज बिहान मर्निङ्ग वाक (प्रभात कालिन ) टहल गर्दै गर्दा अपरिचितको कारको ठक्करबाट घटनास्थल मैं मृत्यु भएको स्थानीय पत्रपत्रिकाले समेत दुखद समाचार प्रकाशित गरेका छन् ।
उक्त अकल्पनीय घटना सुने बित्तिकै स्व बिष्णु प्रसाद सापकोटा कि पत्नी तथा छोरी बिनिता सापकोटाकी आमा बेहोश भएकी थिइन् । आमा बिमला सापकोटाको हाल स्थानीय युके अस्पतालमा उपचार भैरहेको छ ।
आमा बिमला सापकोटाको स्थिति सामान्य छ भने बुवाको घटनास्थलमै मृत्यु भएको हो । अहिले शव परीक्षण (पोष्टमार्टम) का लागि राखिएको खबर समाजसेवी पुरुषोत्तम बोहोराले जानकारी दिएका छन् ।
स्मरण रहोस् तीन साता अघि पनि अमेरिकामा रहेकी छोरी श्रद्धा खनाल र ज्वाइँ भेट्न नेपालबाट गएका श्रद्धाका पिता गोबिन्द खनाल, आमा र स्वं श्रद्धाको पनि सवारी दुर्घटनामा मृत्यु भएको थियो । पछिल्लो चरणमा अमेरिकामा सडक दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या वृद्धि भएको छ ।
अमेरिकामा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु, एक गम्भीर
वि.सं.२०७६ असोज ९ बिहीवार ०८:३१ मा प्रकाशित

























