back
CTIZAN AD

अमेरिकामा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु, एक गम्भीर

वि.सं.२०७६ भदौ १९ बिहीवार

1.1K 

shares

अमेरिका । अमेरिकाको मिजौरीमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीनको मृत्यु भएको छ ।

अमेरिकाको मिजौरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा परि मृत्यु भएका तीन नेपालीको नाम प्रहरीले सार्वजनिक गरेको छ । गत मंगलबार मिजौरी राज्यको अन्तरराज्य राजमार्गमा भएको कार दुर्घटनामा पर्दा सवारी साधनमा बसेका मध्ये ३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले जानकारी दिए पछि स्थानीय पत्र पत्रिकाहरुले नाम सहित मृत्यु भएका र अस्पतालमा भएकाको नाम सहित समाचार प्रकाशित गरेका छन् । मिजौरीको जोप्लिन प्रहरी बिभागले गत मंगलबार दिउसो दुर्घटना भएको बारेमा अध्यावधिक गरेका छन् ।

उक्त घटना अन्तरराज्यको ४४ को पूर्व मिजौरीको राजमार्गको मोडमा घटेको बताएका छन् । जोप्लिन प्रहरी बिभागका प्रमुख निक जिमेनेजका जानकारी अनुसार राभ४ नामक सवारी साधन प्रभास ओझाले चलाएका थिए ।


प्रहरीका अनुसार ओझा आई–४४ (अन्तर राज्य राजमार्ग) को तेश्रो मार्ग (लेन) बाट पूर्वतर्फ जादै गर्दा टोयोटा पिकअप मालबाहक ( ट्रक) संग ठोक्कीएको थियो ।

प्रभास ओझा र उनका ४ बर्षिय छोरालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । छोराको स्थिति चिन्ताजनक रहेको प्रहरीले बताएका छन् । तर ओझाको स्थिति आज सामान्य रहेको छ ।

तर प्रभास ओझा कि धर्मपत्नी श्रद्धा ओझा खनालको मृत्यु भएको छ । उनी श्रीमान् प्रभास ओझाले चलाएको राभ४ गाडीको अगाडिको सिट (स्थान) मा सवार गरि रहेकी थिइन् । दुर्घटना लगत्तै उनलाई अस्पताल पुर्याईए पनि अस्पतालमै मृतक घोषणा गरिएको थियो ।

यसै गरि उक्त सवारी साधनमा पछिल्लो सिट (स्थान) मा नेपालबाट आउनु भएकी श्रद्धा खनालकी आमाको स्थानीय अस्पतालमै मृत्यु भएको थियो भने उनका पिता गोबिन्द खनालको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्को सवारी साधनको चालकको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन । यो घातक र डरलाग्दो दुर्घटना भएकोले जोप्लिन प्रहरी बिभागले अनुसन्धान गरि रहेको छ ।


तस्बिर : श्रद्धा ओझा खनालको फेसबुकबाट लिइएको

वि.सं.२०७६ भदौ १९ बिहीवार ०८:५० मा प्रकाशित

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...