back

अमेरिकामा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु, एक गम्भीर

वि.सं.२०७६ भदौ १९ बिहीवार

39 

shares

अमेरिका । अमेरिकाको मिजौरीमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीनको मृत्यु भएको छ ।

अमेरिकाको मिजौरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा परि मृत्यु भएका तीन नेपालीको नाम प्रहरीले सार्वजनिक गरेको छ । गत मंगलबार मिजौरी राज्यको अन्तरराज्य राजमार्गमा भएको कार दुर्घटनामा पर्दा सवारी साधनमा बसेका मध्ये ३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले जानकारी दिए पछि स्थानीय पत्र पत्रिकाहरुले नाम सहित मृत्यु भएका र अस्पतालमा भएकाको नाम सहित समाचार प्रकाशित गरेका छन् । मिजौरीको जोप्लिन प्रहरी बिभागले गत मंगलबार दिउसो दुर्घटना भएको बारेमा अध्यावधिक गरेका छन् ।

उक्त घटना अन्तरराज्यको ४४ को पूर्व मिजौरीको राजमार्गको मोडमा घटेको बताएका छन् । जोप्लिन प्रहरी बिभागका प्रमुख निक जिमेनेजका जानकारी अनुसार राभ४ नामक सवारी साधन प्रभास ओझाले चलाएका थिए ।


प्रहरीका अनुसार ओझा आई–४४ (अन्तर राज्य राजमार्ग) को तेश्रो मार्ग (लेन) बाट पूर्वतर्फ जादै गर्दा टोयोटा पिकअप मालबाहक ( ट्रक) संग ठोक्कीएको थियो ।

प्रभास ओझा र उनका ४ बर्षिय छोरालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । छोराको स्थिति चिन्ताजनक रहेको प्रहरीले बताएका छन् । तर ओझाको स्थिति आज सामान्य रहेको छ ।

तर प्रभास ओझा कि धर्मपत्नी श्रद्धा ओझा खनालको मृत्यु भएको छ । उनी श्रीमान् प्रभास ओझाले चलाएको राभ४ गाडीको अगाडिको सिट (स्थान) मा सवार गरि रहेकी थिइन् । दुर्घटना लगत्तै उनलाई अस्पताल पुर्याईए पनि अस्पतालमै मृतक घोषणा गरिएको थियो ।

यसै गरि उक्त सवारी साधनमा पछिल्लो सिट (स्थान) मा नेपालबाट आउनु भएकी श्रद्धा खनालकी आमाको स्थानीय अस्पतालमै मृत्यु भएको थियो भने उनका पिता गोबिन्द खनालको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्को सवारी साधनको चालकको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन । यो घातक र डरलाग्दो दुर्घटना भएकोले जोप्लिन प्रहरी बिभागले अनुसन्धान गरि रहेको छ ।


तस्बिर : श्रद्धा ओझा खनालको फेसबुकबाट लिइएको

वि.सं.२०७६ भदौ १९ बिहीवार ०८:५० मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...