back
CTIZAN AD

गरिमा वर्णशङ्कर जातको धानमा बाला नै लागेन

वि.सं.२०७६ असोज ९ बिहीवार

612 

shares

९ असोज, कञ्चनपुर । गरिमा वर्णशङ्कर(हाइब्रिड)जातको धानमा बाला नलागेपछि कञ्चनपुरका किसानको लगानी खेर गएको छ । रु ४५० प्रति किलोका दरले बीउ खरीद गरेर खेतमा रोपेको धानमा बाला नै नलागेपछि किसान चिन्तित भएका छन् ।

‘‘नेपाल सरकारले सूचीकृत गरेको धान भनेर खरीद ग¥यौं,” शुक्लाफाँटा नगरपालिका–७ का किसान लालबहादुर चौधरीले भने, “१२५ दिनमा पाक्ने भनिएको धानमा अहिलेसम्म बाला नै लागेको छैन । धानको बोट निकै राम्रो छ तर बाला नै छैन ।”

“गत वर्ष राम्रै फलेको थियो तर यसवर्ष बाला नलाग्दा लगानी डुबेको छ”, उनले भने । बेलौरी नगरपालिकामा झण्डै २० बिघा, शुक्लाफाँटा र कृष्णपुरका गरी ८० भन्दा बढी किसानले १० बिघा जग्गामा गरिमा जातको धान रोपेका थिए ।

धानको फूल फुल्ने समय ९० दिन पुगेपछि शुरु हुने हो बेलौरी नगरपालिका कृषि शाखका प्राविधि हरिश सेटीले भन्नुभयो,“यो धान रोपेका कुनै पनि किसानका धान अहिलेसम्म फुलेकै छैन ।”

धानमा बाला नलागेको समस्या लिएर कार्यालयमा सधैँ किसान पुग्दै क्षतिपूर्तिको माग गर्ने गरेकोे उनले बताए । स्थानीय किसान परदेशी चौधरीले गरिमा भनेर अर्कै थरिको धानको बीउ बेच्ने एग्रोभेट सञ्चालकमाथि कारवाही गर्न र सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिए । दशकट्टा जग्गामा रोपिएको धानमा बाला नलागेकाले वर्षभरका लागि गरिएको मेहनत त्यसै खेरगएको किसान राजबहादुर चौधरीले बताए ।

गत वर्ष निकै राम्रो उत्पादन भएकाले यसवर्ष पनि चर्को मूल्य तिरेर गरिमा जातको धानको बीउ नै खेतमा रोप्यौ उनले भने,“अरुका खेतमा धान पाक्नै लागेको छ । मेरो खेतमा बाला नै लागेको छैन । रुनु न हास्नुको अवस्थामा पु¥याएको छ ।”

मलखाद, सिँचाइ, बीउ, खनजोत गरी रु आठ हजारभन्दा बढी धान रोप्नमै खर्च लागेको उनको भनाइ थियो धानमा बाला नै नलागेपछि लागत खर्च नै डुब्ने भएको कृषक चौधरीको भनाइ थियो । (रासस)

वि.सं.२०७६ असोज ९ बिहीवार १०:०७ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...