back
CTIZAN AD

इजिप्टमा एक हजार प्रदर्शनकारी प्रक्राउ

वि.सं.२०७६ असोज ९ बिहीवार

747 

shares

९ असोज, कायरो । इजिप्टमा भएको प्रदर्शनबाट एक हजारभन्दा बढी प्रदर्शनकारीलाई अधिकारीहरूले पक्राउ गरेका छन् ।
अधिकारवादी दुई समूहले दिएको जानकारी अनुसार राष्ट्रपति अब्देल फताह अल सिसिको बहिर्गमनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूलाई पक्राउ गरिएको हो ।

दुवै संस्थाले पक्राउ परेकाहरूको एकिन तथ्याङ्क भने फरक फरक दिएका छन् । इजिप्टीयन सेन्टर फर फ्रिडमस् एण्ड राइट्सले एक हजार तीन जना पक्राउ परेको जनाएको छ भने इजिप्टीयन सेन्टर फर इकोनोमिक एण्ड सोसियल राइट्सले एक हजार २९८ जना पक्राउ परेको उल्लेख गरेको छ ।

कायरो विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक हाजेम होन्सीलाई मङ्गलबार राति घरबाटै पक्राउ गरिएको छ ।
उनले निर्वाचनको बेलामा बर्तमान राष्ट्रपतिको विपक्षमा अभिमत राख्नु भएको थियो भने अहिले पनि सामाजिक सञ्जाल मार्फत राष्ट्रपतिको आलोचना गर्दै आउनु भएको थियो ।
अरू पनि धेरै पेशा, व्यवसायमा संलग्न तथा बौद्धिक क्षेत्रका व्यक्तिहरूलाई पक्राउ गरिएको ती अधिकारवादी संस्थाहरूले जनाएका छन् । (एएफपी)

वि.सं.२०७६ असोज ९ बिहीवार १०:२१ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...