back
CTIZAN AD

अफगानिस्तानमा सुरक्षा कारबाहीमा छ तालिबान मारिए, बीस सर्वसाधारण मुक्त

वि.सं.२०७६ असोज ९ बिहीवार

681 

shares

९ असोज, मेथार्लाम अफगानिस्तान । अफगानिस्तानको पूर्वी भागमा रहेको लघामान प्रान्तमा यहाँको सुरक्षा बलले तालिबान लडाकूविरुद्ध गरेको कारबाहीको क्रममा छ जना लडाकू मारिएका छन् ।
सो कारबाहीको क्रममा तालिबानको कब्जामा रहेका २० जना अफगान सर्वसाधारण नागरिकलाई पनि मुक्त गरिएको अफगान सेनाले बुधबार जानकारी दिएको छ ।

गत सोमबार शुरु गरिएको यस सुरक्षा कारबाहीमा ६ तालिबान लडाकू मारिएका र २० सर्वसाधारण मुक्त भएका बताइएको छ । यस क्रममा चार जना लडाकू घाइते हुनुको साथै अन्य दुई पक्राउ परेका सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आगामी २८ सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको लागि अफगानिस्तानमा सुरक्षा अवस्थालाई कडा गरिएको छ । उता तालिबान लडाकू समूहले भने यसै निर्वाचनलाई लक्ष्य गरेर थप हत्या हिंसा गरिरहेका छन् ।(सिन्ह्वा)

वि.सं.२०७६ असोज ९ बिहीवार १०:३३ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...