९ असोज, न्युयोर्क । नेपालीहरूको बाक्लो बस्ति मानिएको न्युयोर्कको ज्याक्सन हाईटमा गरिएको आखाँ शिविरमा सहभागी बच्चाहरूको आँखा जाचँ गर्दा लगभग २० प्रतिशत बच्चाको आँखामा समस्या पाईएको छ ।
सोहि अवसरमा हामीले आँखाको महत्व बुझेता पनि जन्मदेखि नै बच्चाहरूमा (Amblyopia-lazy eye) हुनसक्ने र यसले बच्चाको vision मा असर गर्न सक्ने भएकाले प्रारम्भिक निदान र उपचारले बच्चाको दृष्टिमा लामो अवधिको समस्याहरू रोक्न मद्दत गर्दछ । साथै बच्चाहरूको junk food मोह तथा उनीहरूले प्रयोग गर्ने अहिलेका नयाँ प्रविधिको समय कन्ट्रोल गर्न नसक्दा आँखाको Vision मा कमि आएको हुन सक्ने प्राविधिक टोलीकी Lion Lavern Harrison र Lion Jerusha Jacob ले बताए ।
लायन्स क्लब आफ क्विन्स बुद्ध र इन्टरनेशनल मार्सल आर्टसको संयुक्त आयोजनामा भएको ीLions Kidsight USA प्रोग्राम अन्तर्गत लायन्स क्लब इन्टरनेशलबाट आएका दक्ष र उच्च प्रबिधिका आँखा विशेषज्ञहरुको टीमले गरेको आँखा स्क्रीनिंग सिविर सेवा बाट ३१ जना बालबालिकाहरु लाभान्वित भए सगै यो तथ्य बाहिरएको हो ।
सेप्टेम्बर २२ मा आयोजना गरिएको उक्त आँखा शिविरमा आफ्ना अभिभावकसँग बालबालिकाहरूको उत्सुकतापूर्बक सहभागीता रहेको थियो । उक्त अवसरमा ३१ जनाको आँखा परिक्षण गरिएकामध्ये २४ जनाको आँखामा कुनै समस्या नभएको र ७ जनाको आँखा भने १०० प्रतिशत ठिक नभएको रिर्पाेट आएको छ ।

आँखामा समस्या देखिएका बच्चाहरुलाई विशेषज्ञको टीमले यथासक्य चाँडो आँखाको उपचारका गराउन सुझाव दिएको लायन्स अध्यक्ष अर्जुन गौडेलले बताए ।
भव्यरुपमा सम्पन्न भएको उक्त कार्यक्रम IMAA का अध्यक्ष Sensei पर्खि राई एवं लायन्स क्लब क्विन्स बुद्धका संस्थापक अध्यक्ष कृष्ण आचार्य, निबर्तमान अध्यक्ष बेगम पण्डित, पूर्वउपाध्यक्ष लायन प्रभात सापकोटा, दीपक राज घिमिरे, बर्तमान उपाध्यक्ष रीमाया नेपाली, पूर्वसचिब एकराज रिमाल, वर्तमान सचिब चन्द्र नेपाली, संस्थापक सदस्य अर्जुन कुमार कार्की, कुईन्स नेपप्लिज लायन्स क्लवका अध्यक्ष लायन पुरूषोत्तम पन्थी,Lions D20 K1 का प्रतिनिधि लायन मंगलदासश्रेष्ठ लागायत अन्य संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

२०१६ मा स्थापना भएको लायन्स क्लब बुद्धले आफ्नो स्थापना कालदेखिनै विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको छ । आगामी दिनमा पनि न्युयोर्कमा रहेका संघसस्थांहरूसँग मिलेर Lions Clubs of International र District D20 k1 को सहयोग लिई सामाजिक सेवामा जुटिरहने योजना बनाएको र क्लवको कार्यक्रममा न्युयोर्कमा रहेका सघं सस्था को सहयोग सद्भाव रहने सचिव चन्द्र नेपालीले बताए ।
वि.सं.२०७६ असोज ९ बिहीवार १०:५० मा प्रकाशित

























