१० असोज काठमाडौँ । वि.सं. ०७४ साल श्रावणमा तराईमा गएको भिषण बाढी तथा डुवानमा परी घरबार गुमाएका स्थानीयलाई जनता बैंकले रु. १० लाख आर्थिक सहयोग गरेको जनाएको छ ।
सप्तरीको तिलाडी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयारी गरी स्थानीयलाई हस्तान्तरण गरिएको र उक्त बस्ति निर्माणको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वकोषबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुँवर क्षेत्रीले ब्रोडकास्टिङ च्यानल प्रा.लि (न्यूज २४) का महाप्रबन्धक सुधिर राजभण्डारी लाई उक्त रकम हस्तातरण गरेको जनाएको छ ।
नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृतीलिई उक्त खातामा विभिन्न व्यक्ति तथा संघ संस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी न्यूज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो । उक्त बस्तिमा ०७५ साल कात्तिक २७ मा पूर्व राष्ट्रपति डा. रामवरण यादव बाट हस्तान्तरण भइसकेको बताएको छ ।
वि.सं.२०७६ असोज १० शुक्रवार १०:५३ मा प्रकाशित


























