back
CTIZAN AD

चाडपर्व लागेसँगै बजार अनुगमन, पाँच लाखको अखाद्य वस्तु फेला

वि.सं.२०७६ असोज १२ आइतवार

666 

shares

१२ असोज , डोटी । जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा छड्के अनुगमन गरेको हो ।

अनुगमनका क्रममा दिपायलको पिपल्ला बजारमा रहेको दिल्पेश्वर जनरल स्टोरमा करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु फेलापरेको अनुगमनमा गएका दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिए । उनले भने , “करीब पाँच लाखबराबरको अखाद्य वस्तु हामीले फेला पारी जफत गरेका छौँ, कानूनी प्रक्रियाअनुसार नष्ट गर्छौँ ।”

दिपायलको पिपल्ला बजारमा अखाद्य वस्तु बिक्री वितरण हुन थालेको खबर व्यापकरूपमा आउन थालेपछि टोलीले बजारमा छड्के अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । बजार अनुगमनका क्रममा टोलीले करीब लाखौँ मूल्यका बिस्कुट, चाउचाउ, दालमोट, विभिन्न मसला आइटम, जुस, चक्लेट, गुल्कोजसहितका अखाद्य वस्तु फेला पारेको अनुगमन समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए ।

उपभोक्ताहरु अखाद्य वस्तु प्रयोग नगरुन भन्ने उद्देश्यले आफूहरु अहिले निकै सुक्ष्मरुपमा खाद्य तथा दैनिक उपभोग्य वस्तुको जाँच गर्न लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख नारायण रावतले बताए ।

जिल्लामा वर्षेनी ठूलोमात्रामा अखाद्य वस्तु विक्री वितरण हुँदै आएको छ । यहाँको बजार क्षेत्रमा खासै उक्त अखाद्य वस्तु बिक्री वितरण नहुने गरे पनि त्यहाँका ठूलो डिलर व्यापारीहरुले गाउँघरमा उक्त म्याद सकिएको अखाद्य वस्तु बिक्री वितरणका लागि पठाउने गरेको स्थानीयवासीको आरोप छ ।। रासस

वि.सं.२०७६ असोज १२ आइतवार ०८:३० मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...