back
CTIZAN AD

सत्ता साझेदार दलको अन्तरविरोधका कारण संशोधन प्रस्ताव दर्ता नभएको नेता महतोको दाबी

वि.सं.२०७३ मंसिर १३ सोमवार

918 

shares

mahant-thakur

१३ मङ्सिर,कपिलवस्तु । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारले संविधान संशोधनको प्रस्ताव मोर्चाको विरोधका कारण दर्ता गर्न नसकेको झुठो आरोप लगाएको मोर्चाका बताउनुभएको छ ।

प्रेस मञ्च नेपालले तौलिहवामा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)कै सभासद्हरुको विरोधका कारण सरकारले प्रस्ताव दर्ता गर्न नसकेको बताउनुभयो ।

“सरकार गठनका बेला मोर्चासँग भएको सहमतिअनुसार पहिले संशोधन प्रस्ताव दर्ता गर्नुस्, प्रस्ताव दर्ता भइसकेपछि प्रस्तावले आन्दोलनरत मोर्चाको माग सम्बोधन हुन सक्छ या सक्दैन, त्यसका आधारमा मोर्चाले निर्णय लिन्छ” उहाँले भन्नुभयो ।

सो अवसरमा नेता महतोले मोर्चा राष्ट्रियता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र अखण्डताप्रति सदैव प्रतिबद्ध रहँदै अधिकार सम्पन्न मधेसको अधिकारका लागि मोर्चा पछाडि नहट्ने लडिरहने बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १३ सोमवार १०:४७ मा प्रकाशित

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...