back

मोर्चामाथि सरकारको झुठो आरोप

वि.सं.२०७३ मंसिर १३ सोमवार

489 

shares
GLOBAL IME AD
NTC AD

कपिलवस्तु, १३ मङ्सिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारले संविधान संशोधनको प्रस्ताव मोर्चाको विरोधका कारण दर्ता गर्न नसकेको झुठो आरोप लगाएको मोर्चाका बताउनुभएको छ ।

प्रेस मञ्च नेपालले तौलिहवामा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)कै सभासद्हरुको विरोधका कारण सरकारले प्रस्ताव दर्ता गर्न नसकेको बताउनुभयो ।

“सरकार गठनका बेला मोर्चासँग भएको सहमतिअनुसार पहिले संशोधन प्रस्ताव दर्ता गर्नुस्, प्रस्ताव दर्ता भइसकेपछि प्रस्तावले आन्दोलनरत मोर्चाको माग सम्बोधन हुन सक्छ या सक्दैन, त्यसका आधारमा मोर्चाले निर्णय लिन्छ” उहाँले भन्नुभयो ।

सो अवसरमा नेता महतोले मोर्चा राष्ट्रियता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र अखण्डताप्रति सदैव प्रतिबद्ध रहँदै अधिकार सम्पन्न मधेसको अधिकारका लागि मोर्चा पछाडि नहट्ने लडिरहने बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १३ सोमवार १३:४१ मा प्रकाशित

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका...

आगलागीमा तीन जनाको मृत्यु

आगलागीमा तीन जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा...

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त...

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

‘लगानीको वातावरण बनाउन सरकार तयार’

‘लगानीको वातावरण बनाउन सरकार तयार’

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको...

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको...