१४ मङ्सिर,बोगोटा (कोलम्बिया) । ब्राजिलका फुटबल खेलाडीहरुको टोली समेत रहेको विमान मङ्गलबार कोलम्बियामा दुर्घटनामा परेको छ ।
कुल ८१ जना यात्रु रहेको लामिया विमान सेवाको सो विमान दुर्घटनामा २५ जनाको शव भेटिएको छ । घटनास्थलबाट ५ जना जीवितै उद्धार गरिएको स्थानीय मेयरले जानकारी दिएका छन् ।
ला सेजा सहरका मेयर इल्कीन ओसोरिओले उद्धारकर्ताहरुले अहिले सम्म जम्मा २५ जनाको शव भेटेको र पाँच जना जिवितै भेटिएको जानकारी दिनुभयो । रासस÷एएफपी