back
CTIZAN AD

विदेशबाट फर्केर गाउँमै उद्यम

वि.सं.२०७६ कात्तिक ५ मंगलवार

825 

shares

५ कात्तिक, बागलुङ । भारतमा ३५ वर्षे जागीरे जीवन बिताएका जैमिनी नगरपालिका–१० राङखानी, दोभानका शशीधर शर्माको परिचय अहिले उद्यमीका रुपमा फेरिएको छ । शर्माको सेवा निवृत्त जीवन बेफुर्सदिलो छ । उमेरले ६१ टेकिसक्दा पनि सक्रियता उस्तै छ ।

तीन वर्षअघि गाउँ फर्किएका शर्माको दैनिकी पशुपक्षीको स्याहारसुसार र खेतीपातीमा बित्छ । कुनै बेला उजाड बनेको घरगोठ, खेतबारी उनि आएपछि हराभरा भएको छ । परम्परागत कृषिले व्यावसायिक रुप पाएको छ ।

एक वर्षअघि ‘ऋमा पोल्ट्री फार्म’ खोलेर शर्माले व्यावसायिक कुखुरापालन शुरु गरेका हुन । ‘फार्म’मा ‘लेयर्स’ जातका डेढ सय कुखुरा छन् । गाउँमा ताजा अण्डा उत्पादन गर्ने र बेच्ने उद्देश्यले कुखुरापालन शुरु गरेको उनको भनाइ थियो ।

कुखुरापालनमा रु छ लाख बढी लगानी भएको छ । दुई आधुनिक खोर निर्माणमा मात्र रु पाँच लाख खर्च भएको शर्माले बताए । “दैनिक एक सय ३० देखि ४० सम्म अण्डा उत्पादन हुन्छ”, उनले भने, “एउटा अण्डा १२ रुपैयाँ ७० पैसा र क्रेट तीन सय ८० मा बिक्री भइरहेको छ ।” अण्डाबाट मासिक रु. ५५ हजारसम्म कारोबार हुन्छ ।

खर्च कटाएर महीनामा २०÷२५ हजारसम्म नाफा निस्कने गरेको छ । कुखुरापालन व्यवसायलाई थप विस्तार गर्ने उनको योजना छ । “सबैले चिसो ठाउँमा कुखुरापालन हुँदैन भन्थे, मलाई गर्छ भनेर पत्याएका थिएनन्”, उनले भने, “तर गरेपछि सम्भव हुँदो रहेछ, अहिले सबैले राम्रो काम ग¥र्यो भनेर प्रशंसा गर्छन् ।”

कुखुरालाई चाहिने तापक्रम व्यवस्थापनका लागि आधुनिक तरिकाबाट खोर निर्माण गरिएको शर्माको भनाइ छ । ‘फार्म’मा उत्पादित अण्डा गाउँमै खपत हुने गरेको छ । शर्माले कुखुरासँगै बाख्रापालनलाई पनि अघि बढाएका छन् । अहिले उनकोमा माउ र पाठापाठी गरी सात बाख्रा छन् ।

बोका, खसी बिक्रीबाट पनि राम्रै आम्दानी हुने गरेको छ । गोठमा भैँसी र गोरु पनि छ । परिवारलाई चाहिने तरकारी बाहिर किन्नुपर्दैन, घरमै फल्छ । खेतबारीमा अन्नबालीको काम पनि शर्माले सम्हाल्दै आभएका छन् । उनि जागिरमा विदेश हुँदा घरमा कोही पनि बस्दैनथे । श्रीमती रत्नादेवी शर्मा जागीरे र व्यवसायी छोराबुहारीसँग बागलुङ सदरमुकाम बस्थिन । छोरीको भारतमै बिहे भइसकेको थियो ।

शर्मा नेपाल फर्केपछि श्रीमती रत्नादेवी पनि गाउँ फर्किन । दुवैजना मिलेर व्यावसायिक कृषि पेशातिर लागे । “जागीरबाट निस्केपछि छोराबुहारीले शहरतिरै बस्ने योजना बनाएका थिए”, शर्माले भने, “तर, मलाई गाउँ नै फर्कन मन लाग्यो, कृषितिरै मन गयो ।” शर्माकी आमा पनि अहिले छोराबुहारीसँगै गाउँमै रमाएर बसेकी छन । आफ्नै गाउँघरमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण शर्मा बनेका छन् ।

२२ वर्षको उमेरमा कामको खोजीमा भारत पुगेका उनले २५ वर्ष हैदरबादको टायर कम्पनीमा र १० वर्ष बाहिर काम गरेका थिए । बुबा घर फर्केर कृषिमा लागेपछि पेशाले स्वास्थ्यकर्मी छोरा ऋषिरामले पनि ‘फार्म’ व्यवस्थापनमा सघाउँदै आएका छन् । (रासस)

वि.सं.२०७६ कात्तिक ५ मंगलवार ११:३९ मा प्रकाशित

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...