५ कार्तिक , काठमाडौँ । सोमबार स्थिर रहेको सुनको मूल्य आज (मंगलबार ) घटेको छ ।आज सुन २००रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सयले घटेर ७० हजार २ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबारको तुलनामा मंगलबार नेपाली बजारमा सुन २ सय रुपैयाँले घटेको हो ।
चाँदी भने आज पनि स्थिर रहेको छ । चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७६ कात्तिक ५ मंगलवार ११:५४ मा प्रकाशित






























