back
CTIZAN AD

तपाई थाइराइडको समस्याले आत्तिनु भएको छ ! यी कुरामा ध्यान दिनुहोस्

वि.सं.२०७६ कात्तिक ५ मंगलवार

1.3K 

shares

थाइराइडको समस्या भएकाहरुले दिनहुँ एक गिलास दूध पिउदा फाइदा हुन्छ । यदि फलफूल सेवन गर्नुहुन्छ भने आप, खरबुजा, तरबुजा, पाइनापल, अनार सेवन गर्दा राम्रो हुने स्वस्थ्य विज्ञ बताउँछन् ।

खानामा दालचिनी, अदुवा, लसुन, सेतो प्याज समावेश गर्नु राम्रो हुन्छ । साथै थाइराइडको समस्या भएकाहरुले नरिवलको तेल प्रयोग गर्नु राम्रो हुने तथा सुपाच्य भोजन गर्नुपर्छ । खानामा खिचडी पनि लाभदायक मानिन्छ ।

त्यस्तै सलादमा गाजर समावेश गरेर खानका साथै अंकुरित चना अथवा दाल प्रयोग गर्न सकिन्छ । साथै उसुनेको आलुले पनि फाइदा गर्छ । यसले मोटोपन बढाउदैन । तरकारीमा सिमीको प्रयोग पनि राम्रो हुन्छ । मुख्य खानामा ब्राउन राइस र दाल प्रयोग गर्न सकिन्छ । यसले सुगरको लेवल पनि नियन्त्रणमा राख्दछ ।

त्यस्तै थाइराइडका समस्या हुनेहरुका लागि अन्य मासु खानुभन्दा माछाको सेवन अत्यन्तै लाभदायक मानिन्छ । साथै अण्डामा भिटामीन बि र प्रोटीनको मात्र बढी हुने भएकोले यसको प्रयोग राम्रो हुन्छ ।

ड्राइफुडमा ओखर सबैभन्दा राम्रो मानिन्छ । ओखरले हाम्रो दिमागको स्वस्थ्य राम्रो हुने र जसका कारण चिन्ता पनि कम हुने स्वस्थ विज्ञ बताउँछन् ।

यस्ता समस्या हुनेहरुले १० देखि १५ मिनेट बिहानको नरम घाम ताप्नु राम्रो हुन्छ ।

थाइराइड भएकोले यसो नगर्नु राम्रो

थाइराइड समस्या भएकाहरुले खानामा त्यस्ता चिजहरु नखानु नै राम्रो हुन्छ । जुन चिजहरु पचाउनका लागि समस्या हुन्छन् ।

१- धेरै चिसो खानेकुराहरु नखानु नै राम्रो ।

२-धेरै खुर्सानी, मसालेदार तथा तारेको खानेकुरा ।

३-दहीको प्रयोग नगर्नुनै राम्रो हुन्छ ।

४- बासी खाना त्यसमा चिनी रहेको छ भने त प्रयोग नगर्दा नै राम्रो ।

५-यस्ता बिरामीले पालक, शखरखण्ड, बन्दागोभी, फूलगोभी, मुला, शलगम, सोया, रातो मासु, कफि, रिफाइन्ड तेल प्रयोग नगरेको राम्रो ।

७- यस्ता बिरामीले धेरै परिश्रम नगर्नु नै राम्रो मानिन्छ ।

वि.सं.२०७६ कात्तिक ५ मंगलवार १२:०७ मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...