back

तपाई थाइराइडको समस्याले आत्तिनु भएको छ ! यी कुरामा ध्यान दिनुहोस्

वि.सं.२०७६ कात्तिक ५ मंगलवार

252 

shares
NTC AD
Global IME AD

थाइराइडको समस्या भएकाहरुले दिनहुँ एक गिलास दूध पिउदा फाइदा हुन्छ । यदि फलफूल सेवन गर्नुहुन्छ भने आप, खरबुजा, तरबुजा, पाइनापल, अनार सेवन गर्दा राम्रो हुने स्वस्थ्य विज्ञ बताउँछन् ।

खानामा दालचिनी, अदुवा, लसुन, सेतो प्याज समावेश गर्नु राम्रो हुन्छ । साथै थाइराइडको समस्या भएकाहरुले नरिवलको तेल प्रयोग गर्नु राम्रो हुने तथा सुपाच्य भोजन गर्नुपर्छ । खानामा खिचडी पनि लाभदायक मानिन्छ ।

त्यस्तै सलादमा गाजर समावेश गरेर खानका साथै अंकुरित चना अथवा दाल प्रयोग गर्न सकिन्छ । साथै उसुनेको आलुले पनि फाइदा गर्छ । यसले मोटोपन बढाउदैन । तरकारीमा सिमीको प्रयोग पनि राम्रो हुन्छ । मुख्य खानामा ब्राउन राइस र दाल प्रयोग गर्न सकिन्छ । यसले सुगरको लेवल पनि नियन्त्रणमा राख्दछ ।

त्यस्तै थाइराइडका समस्या हुनेहरुका लागि अन्य मासु खानुभन्दा माछाको सेवन अत्यन्तै लाभदायक मानिन्छ । साथै अण्डामा भिटामीन बि र प्रोटीनको मात्र बढी हुने भएकोले यसको प्रयोग राम्रो हुन्छ ।

ड्राइफुडमा ओखर सबैभन्दा राम्रो मानिन्छ । ओखरले हाम्रो दिमागको स्वस्थ्य राम्रो हुने र जसका कारण चिन्ता पनि कम हुने स्वस्थ विज्ञ बताउँछन् ।

यस्ता समस्या हुनेहरुले १० देखि १५ मिनेट बिहानको नरम घाम ताप्नु राम्रो हुन्छ ।

थाइराइड भएकोले यसो नगर्नु राम्रो

थाइराइड समस्या भएकाहरुले खानामा त्यस्ता चिजहरु नखानु नै राम्रो हुन्छ । जुन चिजहरु पचाउनका लागि समस्या हुन्छन् ।

१- धेरै चिसो खानेकुराहरु नखानु नै राम्रो ।

२-धेरै खुर्सानी, मसालेदार तथा तारेको खानेकुरा ।

३-दहीको प्रयोग नगर्नुनै राम्रो हुन्छ ।

४- बासी खाना त्यसमा चिनी रहेको छ भने त प्रयोग नगर्दा नै राम्रो ।

५-यस्ता बिरामीले पालक, शखरखण्ड, बन्दागोभी, फूलगोभी, मुला, शलगम, सोया, रातो मासु, कफि, रिफाइन्ड तेल प्रयोग नगरेको राम्रो ।

७- यस्ता बिरामीले धेरै परिश्रम नगर्नु नै राम्रो मानिन्छ ।

वि.सं.२०७६ कात्तिक ५ मंगलवार १२:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

  काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा...

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको...

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा...

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर...

छपन्न लाख ४३ हजार बढी बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप

छपन्न लाख ४३ हजार बढी बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप

काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा-रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख...