back
CTIZAN AD

तीन वर्षदेखि इलाका प्रशासन बन्द, सेवाग्राही मर्कामा

वि.सं.२०७६ कात्तिक ६ बुधवार

828 

shares

६ कार्तिक, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय स्थापना भएको ठीक तीनदेखि बन्द नै रहेको छ । कार्यालय सहयोगीले मन लागे कार्यालय खोल्ने मन नलागे बन्द गरी बस्ने गरेका छन् ।

कर्मचारी नहुँदा ताजाकोट, चङ्खेली, अदानचुली, सर्केगाड गाउँपालिकाका बासिन्दा सदरमुकाम सिमकोट धाउन बाध्य छन् । सरकारले साविक १० गाउँ विकास समितिका बासिन्दालाई लक्षित गरी विसं २०७३ असार ३० गते इलाका प्रशासन कार्यालय स्थापना गरेको हो ।

इलाका प्रशासन कार्यालयबाट प्राप्त हुने नागरिकता र सिफारिश लिन यहाँका चार गाउँपालिकाका बासिन्दा चारदेखि पाँच दिन पैदल हिँडेर जिल्ला प्रशासन कार्यालय सिमकोट पुग्ने गरेका छन् ।

इलाका प्रशासनको बोर्ड टाँसियो, कार्यान्वय भएनन्

इलाका प्रशासन कार्यालय सर्केगाड भनेर बोर्ड मात्रै टाँगिएको भएता पनि काम सञ्चालनमा आउन सकिरहेको छैन । इलाकाबाट हुने सेवासुविधा यहाँका बासिन्दाले अहिलेसम्म नलिएको बताएका छन् । नागरिकता र राहदानीको सिफारिश लिन सदरमुकाम सिमकोट नपुगी सुख छैन ।

जिल्ला प्रशासन कार्यालय हुम्लाले केही वर्ष पहिला निमित्त कार्यालय प्रमुखका रूपमा नायबसुब्बा भीम रोकायालाई खटाएको थियो । जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव भएपछि रोकायालाई पुनः जिल्लामै तानेको थियो ।

जिल्ला प्रशासन कार्यालयमै कर्मचारी अभाव भएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताए । नायबसुब्बा, खरिदार, कम्प्युटर अपरेटरको अभाव रहेको उनले जानकारी दिए ।

चार दिन पैदलमा सिमकोट

जिल्लाको दक्षिण क्षेत्रमा रहेका चार गाउँपालिकाका नागरिकले इलाका प्रशासन कार्यालयबाट सेवा पाउन नसकेपछि चारदेखि पाँच दिनको पैदल हिँडेर सिमकोट पुग्ने गरेको ताजाँकोट गाउँपालिका–५ का खड्क बुढाले बताए ।

“इलाका प्रशासनको बोर्ड टाँसेको मात्रै देखिन्छ, सामान्य कामका लागि सिमकोट नै धाउनुपर्ने बाध्यता छ”, उनँले भने ।
यहाँका नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट राहदानी सिफारिश, नागरिकता सिफारिश लिएर आवत–जावत गरी आठ दिन लाग्ने गरेको छ । ओहोरदोहर गर्दा आठ दिन समय मात्रै नभई रु पाँचदेखि सात हजार खर्च हुने गरेको बुढाले बताए । रासस

वि.सं.२०७६ कात्तिक ६ बुधवार ११:३३ मा प्रकाशित

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...