back
CTIZAN AD

एकलाखभन्दा बढी स्मार्ट सवारीचालक अनुमतिपत्र बितरण

वि.सं.२०७३ मंसिर १५ बुधवार

1.2K 

shares

 १५ मङ्सिर,ललितपुर । यातायात व्यवस्था विभागअन्तर्गतको बागमती अञ्चल कार्यालयले झन्डै ९ महिनामा एकलाख सातहजार स्मार्ट सवारी चालक अनुमतिपत्र बितरण गरेको छ । नमुनाका रुपमा बागमती कार्यालयमा गत चैतदेखि स्मार्ट चालक अनुमतिपत्र वितरण सुरु भएको हो ।

स्मार्ट चालक अनुमतिपत्रले गर्दा कार्यालयमा भीड बढेको कार्यालयका प्रमुख तेजनारायण यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्मार्ट अनुमतिपत्र देशमा मात्रै नभएर विदेश जानेका लागिसमेत उपयोगी हुन्छ ।’ नयाँ अनुमतिपत्र सुरु भएपछि मिसनमा जाने सेना, प्रहरीको समेत भीड लागेको छ ।

पानीमा नभिज्ने, देख्दा राम्रो र नक्कलको सम्भावना कम भएकाले पनि स्मार्ट चालक अनुमतिपत्र धेरैको रोजाईमा परेको यादव बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘मेसिन रिडेबल हुँदा यसले अन्तर्राष्ट्रियस्तरमा समेत मान्यता पाउँछ ।’

स्मार्ट कार्ड सुरु भएपछि कार्यालयले अरू देशको स्मार्ट कार्डलाई पनि नेपालीकरण गरिरहेको छ । अरू ठाउँका यातायात अञ्चल कार्यालयमा अहिले विभिन्न कारणले सेवा बन्द छ । सेवा सञ्चालनमा हुँदासमेत कतिपय धाएरै स्मार्ट कार्ड लिन काठमाडौँ आउने गरेका थिए ।

पहिले बनाइसकेको कार्ड नवीकरण हुँदा पनि कार्यालयले स्मार्ट कार्ड नै दिइरहेको बताएको छ । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार ०५:१६ मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...