back

एकलाखभन्दा बढी स्मार्ट सवारीचालक अनुमतिपत्र बितरण

वि.सं.२०७३ मंसिर १५ बुधवार

831 

shares

 १५ मङ्सिर,ललितपुर । यातायात व्यवस्था विभागअन्तर्गतको बागमती अञ्चल कार्यालयले झन्डै ९ महिनामा एकलाख सातहजार स्मार्ट सवारी चालक अनुमतिपत्र बितरण गरेको छ । नमुनाका रुपमा बागमती कार्यालयमा गत चैतदेखि स्मार्ट चालक अनुमतिपत्र वितरण सुरु भएको हो ।

स्मार्ट चालक अनुमतिपत्रले गर्दा कार्यालयमा भीड बढेको कार्यालयका प्रमुख तेजनारायण यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्मार्ट अनुमतिपत्र देशमा मात्रै नभएर विदेश जानेका लागिसमेत उपयोगी हुन्छ ।’ नयाँ अनुमतिपत्र सुरु भएपछि मिसनमा जाने सेना, प्रहरीको समेत भीड लागेको छ ।

पानीमा नभिज्ने, देख्दा राम्रो र नक्कलको सम्भावना कम भएकाले पनि स्मार्ट चालक अनुमतिपत्र धेरैको रोजाईमा परेको यादव बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘मेसिन रिडेबल हुँदा यसले अन्तर्राष्ट्रियस्तरमा समेत मान्यता पाउँछ ।’

स्मार्ट कार्ड सुरु भएपछि कार्यालयले अरू देशको स्मार्ट कार्डलाई पनि नेपालीकरण गरिरहेको छ । अरू ठाउँका यातायात अञ्चल कार्यालयमा अहिले विभिन्न कारणले सेवा बन्द छ । सेवा सञ्चालनमा हुँदासमेत कतिपय धाएरै स्मार्ट कार्ड लिन काठमाडौँ आउने गरेका थिए ।

पहिले बनाइसकेको कार्ड नवीकरण हुँदा पनि कार्यालयले स्मार्ट कार्ड नै दिइरहेको बताएको छ । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार ०५:१६ मा प्रकाशित

Himalayan Life AD
चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक,...

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

काठमाडौँ । नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम...

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति योजनालाई...

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार...

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन  गृहमन्त्रीको निर्देशन

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई...