back

अर्घाखाँची बन्दले जनजीवन प्रभावित

वि.सं.२०७३ मंसिर १५ बुधवार

771 

shares
IME Limited
NTC AD

 १५ मङ्सिर,अर्घाखाँची । सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको बिरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्दको आह्वान गरिएको छ ।

पाँच नम्बर प्रदेशअन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्बर प्रदेशमा गाभेकोे भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज जिल्लामा रहेका विभिन्न क्रियाशील सङ्घसंस्थाको आयोजनामा अर्घाखाँची बन्द गरिएकोे उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

बन्दका कारण जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, कलकारखाना, बजार र यातायातका सम्पूर्ण साधन बिहानैदेखि ठप्प रहेका छन् । बिहान क्याम्पस पढ्न गएका विद्यार्थी घर फर्किएको देखिन्थ्यो ।

जिल्लावासी सबैको चासो र आवश्यकताको विषय रहेकोले बन्दमा जिल्लामा रहेका सबै राजनीतिक दलको समेत समर्थन रहेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो ।

उद्योगी, व्यवसायी तथा युवा विद्यार्थी बजार बन्द गराउन नहिँडे पनि स्वतस्फूर्तरुपमा बजार, गाडी तथा शैक्षिक संस्था बन्द रहेका छन् । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार ०५:२१ मा प्रकाशित

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन...

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन...