back
CTIZAN AD

चिसो बढेपछि प्रहरी चौकी गाभिन थाले

वि.सं.२०७३ मंसिर १६ बिहीवार

1.1K 

shares

१६ मङ्सिर,मुस्ताङ । अत्यधिक चिसो बढेपछि मुस्ताङको उपल्लो क्षेत्रमा स्थापित प्रहरी चौकी एकआपसमा गाभिन थालेका छन् । चिसोका कारण लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, घमी र सुर्खाङका सर्वसाधारण मङ्सिर पहिलो सातादेखि नै बेँसी झर्न थालेपछि सर्वसाधारणको चहलपहल घटेका कारण प्रहरी चौकी अस्थायीरुपमा गाभिएको हो ।

घमी, सुर्खाङ, छोन्हुपका प्रहरी चौकीलाई लोमान्थाङ, छुसाङ, मुक्तिनाथ र जोमसोममा अस्थायी रुपमा मर्ज गरिएको प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताउनुभयो । चिसोमा इन्धन, दैनिक उपभोग्य सामान लगायतका पूर्वाधारको समस्या हुने र हिमाली क्षेत्रका प्रहरीलाई सरकारले ठाउँ अनुसारको पोसाकको व्यवस्था नगर्दा जाडो समयका लागि प्रहरी चौकी मर्ज गर्नु परेको प्रनाउ योगीले जानकारी दिनुभयो ।

“बँेसी झरेका सर्वसाधारण गाउँ फर्कनेबित्तिकै प्रहरीचौकी पुनः स्थापित हुनेछन्”, प्रनाउ योगीले भन्नुभयो । घुम्ती व्यापार गर्न उपल्लो ६ गाविसका सर्वसाधारण मङ्सिर पहिलो सातादेखि फागुन अन्तिम हप्तासम्म देशका विभिन्न जिल्लामा पुग्ने गर्छन् । रासस

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०२:५७ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...