back

चिसो बढेपछि प्रहरी चौकी गाभिन थाले

वि.सं.२०७३ मंसिर १६ बिहीवार

783 

shares

१६ मङ्सिर,मुस्ताङ । अत्यधिक चिसो बढेपछि मुस्ताङको उपल्लो क्षेत्रमा स्थापित प्रहरी चौकी एकआपसमा गाभिन थालेका छन् । चिसोका कारण लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, घमी र सुर्खाङका सर्वसाधारण मङ्सिर पहिलो सातादेखि नै बेँसी झर्न थालेपछि सर्वसाधारणको चहलपहल घटेका कारण प्रहरी चौकी अस्थायीरुपमा गाभिएको हो ।

घमी, सुर्खाङ, छोन्हुपका प्रहरी चौकीलाई लोमान्थाङ, छुसाङ, मुक्तिनाथ र जोमसोममा अस्थायी रुपमा मर्ज गरिएको प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताउनुभयो । चिसोमा इन्धन, दैनिक उपभोग्य सामान लगायतका पूर्वाधारको समस्या हुने र हिमाली क्षेत्रका प्रहरीलाई सरकारले ठाउँ अनुसारको पोसाकको व्यवस्था नगर्दा जाडो समयका लागि प्रहरी चौकी मर्ज गर्नु परेको प्रनाउ योगीले जानकारी दिनुभयो ।

“बँेसी झरेका सर्वसाधारण गाउँ फर्कनेबित्तिकै प्रहरीचौकी पुनः स्थापित हुनेछन्”, प्रनाउ योगीले भन्नुभयो । घुम्ती व्यापार गर्न उपल्लो ६ गाविसका सर्वसाधारण मङ्सिर पहिलो सातादेखि फागुन अन्तिम हप्तासम्म देशका विभिन्न जिल्लामा पुग्ने गर्छन् । रासस

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०२:५७ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...