back
CTIZAN AD

एचआइभी न्यूनीकरणमा सहयोग गर्न आग्रह

वि.सं.२०७३ मंसिर १६ बिहीवार

1.1K 

shares

 १६ मङ्सिर,रसुवा । एचआइभी जोखिम रोकथाम गर्न र व्यवस्थापनमा सहयोग गर्न जिल्लावासीसमक्ष आग्रह गरिएको छ ।

‘हामी सबैको काम एचआइभीको रोकथाम’ भन्ने मूलनारालाई सार्थक पार्दै रोग व्यवस्थापनका लागि समयसमयमा रगत परीक्षण गराउने, रोगको लक्षण हो कि भन्ने आशङ्का लागेमा नजिकको स्वास्थ्य केन्द्र वा जिल्ला अस्पतालमा सम्पर्क राख्ने वा राख्न लगाउने कार्यमा सहयोग गरी जोखिम न्यूनीकरणमा सहयोग गर्न एक अन्तर्कृया कार्यक्रममा सम्पूर्ण रसुुवाली नागरिकसमक्ष आग्रह गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, रसुवाले बुधबार पत्रकारसँगको अन्तरक्रियामा डा विवेककुमार लालले सन् २०२० सम्म एचआइभी सङ्क्रमितमध्ये ९० प्रतिशतको अवस्था परीक्षण गरी सन् २०३० सम्म एड्सको महामारी अन्त्य गर्ने महत्वाकाङ्क्षी लक्ष्य रहेकाले सहयोग गर्न सबैमाझ आग्रह गरिएको बताउनुभयो ।

यस्तै, प्रथम चौमासिकअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय रसुवाले परिवार नियोजनको सेवाको लक्ष्य ८६ प्रतिशत पूरा गरेको छ । सो चौमासिकअन्तर्गत पुरुष २७ र महिला १६ लाई बन्ध्याकरण, १० महिलालाई इम्प्लान्ट, १५ लाई आइयुसिडी, तीनलाई डिपो तथा एकजनालाई पिल्स वितरण गरिएको डा लालले बताउनुभयो । कन्डम प्रयोग गर्नेको सङ्ख्या २० हजारको हाराहारीमा रहेको पनि कार्यक्रममा बताइयो । रासस

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०२:५८ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...