back

एचआइभी न्यूनीकरणमा सहयोग गर्न आग्रह

वि.सं.२०७३ मंसिर १६ बिहीवार

792 

shares

 १६ मङ्सिर,रसुवा । एचआइभी जोखिम रोकथाम गर्न र व्यवस्थापनमा सहयोग गर्न जिल्लावासीसमक्ष आग्रह गरिएको छ ।

‘हामी सबैको काम एचआइभीको रोकथाम’ भन्ने मूलनारालाई सार्थक पार्दै रोग व्यवस्थापनका लागि समयसमयमा रगत परीक्षण गराउने, रोगको लक्षण हो कि भन्ने आशङ्का लागेमा नजिकको स्वास्थ्य केन्द्र वा जिल्ला अस्पतालमा सम्पर्क राख्ने वा राख्न लगाउने कार्यमा सहयोग गरी जोखिम न्यूनीकरणमा सहयोग गर्न एक अन्तर्कृया कार्यक्रममा सम्पूर्ण रसुुवाली नागरिकसमक्ष आग्रह गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, रसुवाले बुधबार पत्रकारसँगको अन्तरक्रियामा डा विवेककुमार लालले सन् २०२० सम्म एचआइभी सङ्क्रमितमध्ये ९० प्रतिशतको अवस्था परीक्षण गरी सन् २०३० सम्म एड्सको महामारी अन्त्य गर्ने महत्वाकाङ्क्षी लक्ष्य रहेकाले सहयोग गर्न सबैमाझ आग्रह गरिएको बताउनुभयो ।

यस्तै, प्रथम चौमासिकअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय रसुवाले परिवार नियोजनको सेवाको लक्ष्य ८६ प्रतिशत पूरा गरेको छ । सो चौमासिकअन्तर्गत पुरुष २७ र महिला १६ लाई बन्ध्याकरण, १० महिलालाई इम्प्लान्ट, १५ लाई आइयुसिडी, तीनलाई डिपो तथा एकजनालाई पिल्स वितरण गरिएको डा लालले बताउनुभयो । कन्डम प्रयोग गर्नेको सङ्ख्या २० हजारको हाराहारीमा रहेको पनि कार्यक्रममा बताइयो । रासस

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०२:५८ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...